भरतपुर महानगरपालिकाले बिरुवा रोप्दै, खुस्बी रौनियार उखेल्दै

भरतपुर महानगरपालिकाले बिरुवा रोप्दै, खुस्बी रौनियार उखेल्दै

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १६, २०८०


चितवन ।  भरतपुर महानगरपालिकामा बिरुवा उखाल्ने महिला सोमबार पक्राउ परेकी छिन् ।

भरतपुर –३ अन्तर्गत सहिद चोक–बेल चोक सडकखण्डमा रोपिएको बिरुवा उखेल्ने २८ वर्षकी खुस्बी रौनियारलाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । 

सिसीटिभी फुटेजको आधारमा रातको समयमा आफ्नै पसल अगाडि रहेको बिरुवा उखलेर फालेको अभियोगमा रौनियारलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

उनले घर अगाडि रुख ठूलो भई असर पार्ने जनाउँदै बिरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गत शुक्रबार भरतपुर महानगरपालिकाले वृक्षरोपण महा अभियानअन्तर्गत महानगरपालिका प्रमुख रेनु दाहाल लगायतको उपस्थितिमा सडकमा बिरुवा रोपिएको थियो ।