एकदिवसीय विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा भारतसामु २२८ रनको चुनौती पेश

एकदिवसीय विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा भारतसामु २२८ रनको चुनौती पेश
दक्षिण अफ्रिकाका जेपी डुमिनीलाई एलबिडब्लु गरेपछि खुसी मनाउँदै कुलदीप यादव (दायाँ) र कप्तान विराट कोहली । तस्बिर : क्रिकइन्फो डट कम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ २२, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार दक्षिण अफ्रिका र भारत प्रतिष्पर्धा गरिरहेका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले भारतसामु २२८ रनको चुनौती पेश गरेको छ ।

दक्षिण अफ्रिकाका क्रिस मोरिसले सर्वाधिक  ४२ रन जोडे । यस्तै कप्तान फाप डु प्लेसिसले ३८, एन्डिले फेलुकवावोले ३४, डेभिड मिलरले ३१, रसी भेन डर डुसेनले २२ रन जोडे । कागिसो रवाडाले अविजित रहँदै ३१ रन जोडे ।

भारतका युजबेन्द्र चहलले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५१ रन खर्चिए । यस्तै, जसप्रित बुमराहले २ विकेट लिए । भारतका तर्फबाट सबैभन्दा बढी किफायती बलिङ गरेका उनले १० ओभरमा १ मेडन राख्दै ३५ रन खर्चिए । भुवनेश्वर कुमारले २ विकेट लिए । उनले १० ओभरमा ४४ रन खर्चिए । कुलदीप यादवको नाममा १ विकेट रह्यो ।

केही बेरपछि भारतले जवाफी ब्याटिङ गर्नेछ ।