महाकवि सिद्धिदास महाजुको १५६ औँ जन्मजयन्ती व्यक्तित्व र कृतित्वलाई माथि चर्चा

महाकवि सिद्धिदास महाजुको १५६ औँ जन्मजयन्ती व्यक्तित्व र कृतित्वलाई माथि चर्चा

लोकसंवाद संवाददाता  |  साहित्य  |  आश्विन १६, २०८०

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, भाषा (मातृभाषा कोश र व्याकरण)विभागको आयोजनामा नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १५६ औँ जन्मजयन्ती तथा विचार गोष्ठी देवकोटा सभाकक्षमा भव्यतापूर्वक सम्पन्न भएको थियो।

यस गोष्ठीको प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले  नेपालभाषाका महाकवि सिद्धिदास महाजुको तस्बिरमा माल्यार्पण गरेर उद्घाटन गरेका थिए ।यस अवसरमा  कुलपति राईले 'इतिहासको पूनर्लेखन सहित महाकवि सिद्विदास महाजुको व्यक्तित्व र कृतित्वलाई उजागर गर्नुपर्ने आवश्यकता रहेको कुरा' बताएका थिए ।

यसै क्रममा  प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ 'विमल निभा' ले 'नेपाल भाषाका महाकवि सिद्विदास हामी सबैका लागि प्रेरणाको स्रोत हुनुका साथै उन्नतचेत भएका सुन्दर काव्यशिल्पीको रूपमा मानक बनिसकेको कुरा' बताए  ।

 यस्तै स्वागत मन्तव्यका क्रममा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव  डा. धनप्रसाद सुवेदीले नेपाल भाषाका महाकवि सिद्विदास महाजुले साहित्यमा पुर्याएको विशिष्ट योगदान अतुलनीय रहेको बताउँदै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । 

यस विचार गोष्ठीका अध्यक्ष एवम् प्रज्ञा(प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा  भाषा (मातृभाषा कोश र व्याकरण) विभाग  प्रमुख त्रैलोक्यमान बनेपाली  'अगिव' ले महाकवि सिद्विदासले नेपाल भाषाको जागरण, सामाजिक ,धार्मिक र सांस्कृतिक चेतनालाई आत्मसात् गर्दै  साहित्यमा महत्त्वपूर्ण योगदान  पुर्याएको बारे समापन मन्तव्यमा उल्लेख गरेका  थिए । 

उपर्युक्त गोष्ठीमा दुईवटा कार्यपत्र प्रस्तुत गरिए,जसमा  ‘नेपालभाषाको गीतमा प्रतिरोधी चेतना’ बारे वदन शर्मा र नेपालभाषाको आधुनिक कवितामा विद्रोही चेत’ बारे रामेश्वर श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । 

प्रस्तुत कार्यपत्रमा वदन शर्माले नेपाल भाषाका गीतको परिचय,पृष्ठभूमि ,उद्देश्य,सीमा,प्रतिरोधी गीतको विश्लेषण र यसको निष्कर्ष बारे चर्चा गरेका थिए। यस कार्यपत्रमाथि डा।चुन्दा बज्राचार्यले टिप्पणी गरेकी थिइन् ।त्यसैगरी अर्का कार्यपत्र प्रस्तोता रामेश्वर श्रेष्ठले 'नेपाल भाषाका आधुनिक कविताको विद्रोही चेतबारे विषयप्रवेश ,पृष्ठभूमि ,उद्वेश्य ,सिमाङ्कन,अनुसन्धान पद्धति ,नेपाल भाषा साहित्यमा प्रगतिवादी चिन्तन,नेपालका कवितामा विविध विद्रोह चेतका स्वर,निरङ्कुश शासक विरुद्ध विद्रोह चेत,समाजमा भएका वर्गभेद तथा जातिभेद विरुद्ध विद्रोह चेत विषयवस्तु आदि उल्लेख गरेका थिए । यस कार्यपत्रमाथि डा.चन्द्रमान बज्राचार्यले टिप्पणी गरेका थिए ।साथै राजभाइ जकमीले महाकवि सिद्विदासबारे रचित आफ्नो कविता वाचन गर्दै कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

 यस विचार गोष्ठीमा अन्य सहभागीका तर्फबाट जुजुकाजी रञ्जिताकार ,धर्मराज कर्णिकार ,वज्ररङ्ग बज्राचार्य ,इन्दुल केसी ,वैरागी कान्छोले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।यस विचार गोष्ठीको सञ्चालन  नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा प्रेस सल्लाहकार  चेतनाथ धमलाले गरेका थिए ।