अमृत साइन्स क्याम्पसको आयोजनामा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन असोज १७ गतेदेखि १९ सम्म

अमृत साइन्स क्याम्पसको आयोजनामा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन असोज १७ गतेदेखि १९ सम्म

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १६, २०८०

काठमाडौं । असोज १७ गतेदेखि १९ गतेसम्म अमृत साइन्स क्याम्पसको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय  वैज्ञानिक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना मुल समारोह समितिले जनाएको छ ।  

सम्मेलन इन्टरनेशनल कन्फ्रेन्स अन इलेक्ट्रोम्याग्नेटिक्स एण्ड एप्लिकेसन्स अफ सेमिकण्डक्टिङ्ग मेटिरियल आइसीएलइएएसएम को आयोजना हुन लागेको अन्तर्राष्ट्रिय स्तरका विषयविज्ञहरु अनुसन्धानकर्ताहरुका साथै राष्ट्रका विषयविज्ञहरू, अनुसन्धानकर्ताहरु र विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूबीचमा हाल भैरहेका अनुसन्धान कार्यहरू एक आपसमा आदान प्रदान गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको  क्याम्पसको भौतिक शास्त्र विभागका जनाएको छ ।

क्याम्पसले यसअघि पनि  समय–समयमा विविध  कार्यशाला गोष्ठी, सेमिनार, राष्ट्रिय सम्मेलन, साथै अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरी सम्पन्न गरिसकेको छ । अध्ययन अनुसन्धानको सिलसिलामा यस क्याम्पसको भौतिक शास्त्र विभाग अग्रणी रूपमा रहेको र यस विभागमा इन्टरनेशनल साइन्स प्रोग्राम आइएसपी स्वीडेनको उपासला विश्वविद्यालयको सहयोगमा एटमोस्पेरिक एण्ड मेटिरियल साइन्स रिचर्स सेन्टर एएमएसआसी सञ्चालनमा रहेको छ ।

एएमएसआसी र आइएसपीको सहयोग पश्चात् सम्मेलनमा  कार्यशाला गोष्ठी, राष्ट्रिय सम्मेलन, विज्ञान प्रदर्शनी, तालिम गोष्ठीहरु सम्पन्न गरी विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरु र शिक्षकहरूमा अध्ययन अनुसन्धान गर्नु गराउनुका साथै एक आपसमा आदान प्रदान गराउन सफल रहेने  अमृत साइन्स  क्याम्पस भौतिक शाश्त विभाग अन्तर्गत एएमएसआसीका  प्रमुख  तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना मुल समारोह समितिका संयोजक श्रीराम शर्माले बताए   ।

यसरी विज्ञान क्षेत्रमा सीमित स्रोत र साधनलाई पनि सदुपयोग गरी अध्ययन अनुसन्धान भएको विश्वसामु अमृत क्याम्पसको नामबाट राष्ट्रलाई पहिचान गराउन सकिन्छ भन्ने पनि सम्मेलनको लक्ष्य रहेको छ । भौतिक शास्त्रको यथेष्ट सदुपयोग गर्न र अनुसन्धानलाई अगाडि बढाउन सके देशको विकासमा ठूलो टेवा पुग्नुका साथै समग्र विज्ञान क्षेत्रको सदुपयोग विना राष्ट्रको विकास असम्भव छ भन्ने सम्मेलनको उद्देश्य रहेको छ । यस सम्मेलनमा अन्तर्राष्ट्रिय विषयविज्ञहरुबाट तीसओटा शोधपत्रहरु प्रस्तुतीकरण हुने र राष्ट्रिय विज्ञहरुबाट करीब चालीस ओटा शोधपत्रहरू प्रस्तुतिकरण हुनेछन् । यसका साथै अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा भएका १५ ओटा पोस्टरहरूको प्रस्तुतिकरण पनि समावेश भएका छन् ।

 सम्मेलनमा  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि ५० भन्दाबढी वैज्ञानिकहरुको सहभागीता रहने छ  । सम्मेलन हिमालयन होटेल, कोपुण्डोल, ललितपुरमा  उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा उद्घाटन भई तीन दिनसम्म भौतिक उपस्थिति तथा अनलाइन दुबै हाइब्रीड मोडमा सञ्चालन हुनेछ ।


हाल अमृत क्याम्पसमा स्नातक, स्नातकोत्तर विद्यावारिधि तहसम्मको अध्ययन अध्यापन तथा अनुसन्धान कार्यहरु सञ्चालनमा छन् ।