डिशहोमको 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' अन्तर्गत जिते रविन तामाङले नगद एक लाख

डिशहोमको 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' अन्तर्गत जिते रविन तामाङले नगद एक लाख

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन १६, २०८०

काठमाडौँ । 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'  योजना अन्तर्गत ७१९१२७६१८६४ कास आईडीका ग्राहक रविन तामाङले नगद एक लाख जित्नुभएको डिशहोमले जानकारी दिएको  छ ।

डिशहोमका अनुसार  २०८० असोज १५ गते सोमवार भएको लक्की ड्र मार्फत रविन तामाङले नगद रु एक लाख जित्नुभएको हो । 

 नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिश होमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।  

 सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र इमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' अभियान आश्विन १, २०८० देखि सिमित अवधिको लागि नेपालभर लागू हुने समेत डिशहोमले जनाएको  छ ।