भानु प्रतिष्ठानद्वारा रेग्मी, खुसी,शर्मा र धामीलाई पुरस्कृत गर्ने घोषणा

भानु प्रतिष्ठानद्वारा रेग्मी, खुसी,शर्मा र धामीलाई पुरस्कृत गर्ने घोषणा

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ २३, २०७६

भद्रपुर । भानु साहित्यिक प्रतिष्ठानले एक लाख एक हजार राशिको पुरस्कार यसवर्ष झापाका चूडामणी रेग्मीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

 उक्त पुरस्कार रेग्मीलाई २०५औँ भानु जयन्तीको अवसरमा आगामी २०७६ साल  असार २९ गते प्रदान गरिनेछ । 

प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीका अनुसार यस वर्षदेखि अन्य तीन पुरस्कार समेत एकसाथ प्रदान गरिनेछ । कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान तथा हेमराज–मेदनी खरेल प्रतिष्ठान एकापसमा गाभिएपछि अन्य दुई पुरस्कारसमेत एकै दिन प्रदान गर्न लागिएको अध्यक्ष उप्रेतीले जानकारी दिनु भएको छ । 

त्यस्तै १५ हजार राशिको भानु प्रतिभा पुरस्कार साहित्यकार खगिन्द्रा खुशीलाई, रु ५१ हजार राशिको धनमाया—पवित्रा स्मृति पुरस्कार गायक जीवन शर्मालाई तथा रु ५१ हजार राशिको टीकाराम–जानुका खरेल साहित्यिक पुरस्कार राम धामीलाई प्रदान गर्ने निर्णय गरिएको छ । 

यस्तै धनमाया–पवित्रा स्मृति पुरस्कार कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान तथा टीकाराम–जानुका खरेल स्मृति पुरस्कार हेमराज–मेदनी खरेल प्रतिष्ठानले आफ्ना बुबाआमाको नाममा स्थापना गरिएको पुरस्कर हो । सो पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले प्रदान गर्ने  तया गरिएको समेत प्रतिष्ठानले जनाएको छ  ।