ढाँट्न जानी आउनू...

ढाँट्न जानी आउनू...

सुरेश राई  |  साहित्य  |  आश्विन २०, २०८०

मेरो साथ थाम्छौ भने खुसी बाँड्न जानी आउनू
उसैसँग  सुखी छु म भनी ढाँट्न जानी आउनू
उसैसँग सुखी छु म भनी ढाँट्न जानी आउनू

हुरीसँगै पछि लाग्ने आँधीसँगै गीत माग्ने 
तुफानको धक्का छल्दै मुस्कानले पीर ढाक्ने
आई पर्न सक्छ त्यस्तो खेल आँट्न जानी आउनू
उसैसँग सुखी छु म भनी ढाँट्न जानी आउनू 

तारा थियौ सगरकी साथी सङ्गी साथ बस्ने
विधाताले लेख्या रैछ मेरै लागि तिमी खस्ने
अब चम्किनु बिर्सिएर, जुनी काट्न जानी आउनू
उसैसँग सुखी छु म भनी ढाँट्न जानी आउनू 

मेरो साथ थाम्छौ भने खुसी बाँड्न जानी आउनू
उसैसँग  सुखी छु म भनी ढाँट्न जानी आउनू

खोटाङ (हाल द .कोरिया)