बूढानीलकण्ठ साहित्य समाजको 'विशेष कवि गोष्ठी' जुम प्रविधिबाट

बूढानीलकण्ठ साहित्य समाजको 'विशेष कवि गोष्ठी' जुम प्रविधिबाट

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २०, २०८०

काठमाडौँ । बूढानीलकण्ठ साहित्य समाजले आफ्नो नियमित कार्यक्रम अन्तरगत विजया दशमीको पूर्वसन्ध्यामा जुम प्रविधि मार्फत् विशेष कवि गोष्ठीको आयोजना गरेको छ । 

समाजका अध्यक्ष वरिष्ठ साहित्यकार इन्द्र कुमार श्रेष्ठ सरितको सभाध्यक्षतामा भएको उक्त गोष्ठीको प्रमुख अतिथिमा वरिष्ठ आख्यानकार एवम् समाजका सल्लाहकार भागीरथी श्रेष्ठ हुनुहुन्थ्यो ।

उक्त कवि गोष्ठीमा कविता वाचन गर्ने कविहरूमा प्राज्ञ चेतनाथ धमला, सुशीला प्रधानाङ्ग, राधा दुलाल कार्की, देवकी खतिवडा, अनु खड्का, गंगा अभिलाषी (अमेरिका),सीता अधिकारी, सरिता तुलाधर(बिराटनगर), सीता विष्ट कार्की, श्रीराम छेत्री, उर्मिला पन्त पाण्डे, गंगा पौडेल (अमेरिका), लगायत हुनुहुन्थ्यो । वाचित कविताहरु माथि समीक्षक डा. शैलजा पोखरेलले सटिक टिप्पणी गर्न भएको थियो । वाचित कविताहरूको मुल मर्म र उद्देश्यको तह सम्म पुगेर गरिएको समीक्षात्मक टिप्पणी अत्यन्त सारगर्भित पनि रहेको थियो ।

समाजका उपाध्यक्ष श्रीराम छेत्रीले स्वागत मन्तव्य दिनु भएको उक्त कार्याक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं नौका वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले कार्यक्रमको सफलताको कामना गर्दै बूढानीलकण्ठ साहित्य समाजकै उत्तरोत्तर प्रगतिको कामना गर्दै  शुभकामना मन्तव्य प्रकट गर्न भएको थियो । कार्यक्रममा साहित्यकार ललिता दोषीले पनि शुभकामना मन्तव्य प्रकट गर्न भएको थियो भने डा. अपर्ण पोखरेलको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन साहित्यकार सुधा मैनालीले गर्न भएको थियो ।