डेबिड शंकरको ‘तिमीलाई हेरेर’ गीतको म्युजिक भिडियोमा जम्यो डेबिड र मिस पविको जोडी

डेबिड शंकरको ‘तिमीलाई हेरेर’ गीतको म्युजिक भिडियोमा जम्यो डेबिड र मिस पविको जोडी

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २१, २०८०

काठमाडौं । पाश्र्व गायनका ‘ट्रेन्डिङ’ गायक डेबिड शंकरको ‘तिमीलाई हेरेर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

गीतमा अनिल तिखत्रीको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतको संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् भने ‘फिल’ स्टुडियोमा रेकर्डिङ गरिएको हो । 

गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् भने सहायक निर्देशकको भूमिका लोमस पौडेलले निर्वाह गरेका छन् । गीतको भिडियो निश्चल पौडेलले खिचेको हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।  

म्युजिक भिडियोको ‘लिड रोल’मा शंकर आफैंले अभिनय गरेका छन् भने फिमेल क्यारेक्टरमा पछिल्लो समयकी चर्चित टिकटकर तथा मोडेल मिस पविले उनलाई साथ दिएकी छन् । 

गायक शंकरले यसअघि गाएका ‘पहिलो नम्बरमा’, ‘दर्शन सलाम’, ‘घिन घिन मादल’ ‘पिरतीको गुन्द्री’  ‘लिटरका लिटर’ ‘लाहुरे आयो’ डङ्का पिट्यो’ लगायत गीतहरुले निकै चर्चामा कमाएका थिए ।