राजकुमार दिक्पालको पृथ्वीनारायण शाह : आलोचनात्मक इतिहास बजारमा

राजकुमार दिक्पालको पृथ्वीनारायण शाह : आलोचनात्मक इतिहास बजारमा

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २१, २०८०

काठमाडौँ । केही समययता देखि इतिहास अनुसन्धानमा रहेका लेखक राजकुमार दिक्पालको नयाँ पुस्तक 'पृथ्वीनारायण शाह : आलोचनात्मक इतिहास' बजारमा आएको छ । मञ्जरी पब्लिकेसन्सले उक्त पुस्तकको प्रकाशन गरेको छ । लेखक दिक्पालको यो पाँचौँ कृति हो । यसअघि उनको एउटा कथा सङ्ग्रह र तीन वटा इतिहाससम्बन्धी पुस्तक प्रकाशित भइसकेका छन् ।

राजा पृथ्वीनारायण शाहका योगदान सम्बन्धी अनेकौँ पुस्तक र गाथाहरू प्रकाशित भइसकेका छन् । तर उनका कमजोरी र आलोचनात्मक ऐतिहासिक पक्षहरूलाई समेटेर लेखिएको यो पहिलो पुस्तक हो । 'नेपाली इतिहासमा पृथ्वीनारायण शाहबारे धेरै पुस्तक लेखिए पनि उनका बारेमा नलेखिएका वा नअटाएका पक्षहरूलाई यो नयाँ पुस्तकमा समेट्न पाएकोमा गौरव गर्न पाएका छौँ'  पुस्तकका प्रकाशक मञ्जरी प्रकाशनले उल्लेख गरेको छ ।