वरिष्ठ अधिवक्ता प्रा. डा. युवराज संग्रौला दुईवटा पुस्तक एकै समारोहमा सार्वजनिक

वरिष्ठ अधिवक्ता प्रा. डा. युवराज संग्रौला दुईवटा पुस्तक एकै समारोहमा सार्वजनिक

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २१, २०८०

काठमाडौं ।  पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता प्रा. डा. युवराज संग्रौलाद्वारा लिखित दुईवटा पुस्तक एकै समारोहमा सार्वजनिक गरिएको छ । 

 वरिष्ठ अधिवक्ता संग्रौलाद्वारा लिखित  ‘Decolonization of Constitutionalism’ र ‘Decolonizing Jurisprudence with Asian context’ शीर्षकका पुस्तक काठमाडौंमा आयोजित एक कार्यक्रममा विमोचन गरिएकाे  हो ।

उक्त  पुस्तकको सार्वजनिक समारोहमा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले वर्तमान न्याय प्रणालीको अभ्यासमा जनताले दुःख पाएको गुनासो गर्नस भयो  । उहाङ्गले ‘रामशाह पथ’ शैलीको कानुनी हुनुपर्नेमा जोड दिए । वरिष्ठ अधिवक्ता  भण्डारीले अदालतमा काम गर्नेहरुको आचरणमा परिवर्तन भए जनताले पनि न्यायको अनुभूति गर्ने ठोकुवा गर्नु भयो ।

यसैगरी सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल, र नहकुल सुवेदीले पुस्तक माथि समीक्षात्मक  टिप्पणी गर्नु भएको थियो। यसैगरी महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, सहसचिव अरुणा जोशी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कमलराज थापा लगायतले पनि पुस्तकमाथि प्रकाश पार्नु भएको थियो । 

वरिष्ठ अधिवक्ता संग्रौलाले पुस्तकमा उपनिवेशवादबाट राज्यहरू मुक्त भएपनि नव उपनिवेशवाद कायमै रहेको उल्लेख गर्दै नेपालको कानुनी-संस्कृति प्रशंसनीय भएको जनाउँदै उनले अदालतमा बसेर सेवा दिनेहरूले अदालतको बदनाम गर्न नहुने बताउनु भयो ।

केही वर्ष अघिसम्म आर्दश र सिद्धान्तमा चलेको न्यायप्रणाली वर्तमान अवस्थामा जनताले औंला ठड्याउने खालको स्वार्थ केन्द्रित भएको वरिष्ठ अधिवक्ता संग्रौलाको भनाइ  थियो  । कार्यक्रममा नेपाल बारका पदाधिकारी, कानुन व्यवसायी, प्राध्यापक, महिला, कानुनका विद्यार्थी लगायतको सहभागिता रहेको  थियो भने  कार्यक्रममा  सहप्राध्यापक लक्ष्मी सापकोटाले स्वागत गन्तब्य व्यक्त गर्नु भइकाे थिए ।