कुमारी बैंक : बडा दशैं लक्षित बचत खाताहरूमा विभिन्न आकर्षक सुविधासहितका योजना सार्वजनिक

कुमारी बैंक : बडा दशैं लक्षित बचत खाताहरूमा विभिन्न आकर्षक सुविधासहितका योजना सार्वजनिक

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन २१, २०८०

कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।     

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडले ‘टिका अघि नै दक्षिणा’ योजना ल्याई महान चाड दशैंको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ । यस योजनामा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैया सम्म Cash back दिइने छ । Cash back रकम  POS, QR Payment तथा online payment  बाट गरीने कारोबारमा प्रदान गरिनेछ । 

चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी असोज २८ देखी कार्तिक ५ गते सम्म लागु हुने जनाएको छ ।

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४९ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धता बैंकले जनाएको छ ।