इजरायल–प्यालेस्टाइन युद्धः बेलायतले रोपेको कहिलै अन्त्य नहुने अशान्तीको बिउ

लोकसंवाद टिप्पणी

इजरायल–प्यालेस्टाइन युद्धः बेलायतले रोपेको कहिलै अन्त्य नहुने अशान्तीको बिउ

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २४, २०८०

प्यालेस्टाइनको गाजा क्षेत्रमा सत्ता चलाइरहेको हमास लडाकू समूहले इजरायलमाथि अभूतपूर्व हमला गरेपछि यतिबेला मध्यपूर्व अशान्त छ । यो हमलामा १० जना नेपालीले समेत ज्यान गुमाएका छन् ।

तर यो युद्ध एक शताब्दीभन्दा अघिदेखि चलिरहेको संघर्षको परिणाम हो । २०औं शताब्दीको सुरुमा युरोपमा यहुदीहरु आक्रमणको निशानामा परे । दोस्रो विश्वयुद्धमा नाजीहरूले यहुदीको नरसंहार नै मच्चाए पछि यहुदीका लागि अलग देश बन्नुपर्ने आवाज चर्को रुपमा उठ्यो ।

भूमध्य सागर र जोर्डन नदीको बिचमा पर्ने प्यालेस्टाइनी भूमि मुसलमान, यहुदी र इसाई तीनवटै धर्मका लागि पवित्र मानिन्थ्यो । जसलाई यी समुदायले ‘होली ल्याण्ड’ का रुपमा लिन्छन् । जहाँ पहिलो विश्वयुद्धसम्म अटोमन साम्राज्यको नियन्त्रण थियो । यही समयमा नै यो क्षेत्रमा ठूलो संख्यामा यहुदीहरु आएर बस्न थाले । यहुदीहरुको बाक्लो आगमनलाई स्थानीय अरबी समुदायले भने चर्को विरोध गरे । 

पहिलो विश्वयुद्धपछि अटोमन साम्राज्यको पतन भयो । त्यसपछि यहाँको नियन्त्रण बेलायतको हातमा गयो । यो समयमा अरब समुदाय र यहुदीका सशस्त्र गुटबीच हिंस्रक झडपको सुरुवात भयो । यो विवाद मिलाउन नसकेर बेलायत यहाँबाट पछि हट्यो । सन् १९४७ मा संयुक्त राष्ट्रसंघमा प्यालेस्टाइनलाई यहुदी र अरब समुदायका दुई अलग देशमा बाँड्ने र जेरुसेलमलाई अन्तर्राष्ट्रिय सहर बनाउने प्रस्तावमाथि मतदान भयो । राष्ट्रसंघको यो प्रस्ताव त्यसबेलासम्म देश बिहीन रहेका यहुदीहरुले स्वीकार गरे ।

तर आफ्नै देश टुक्रा पारेर यहुदीले दिने निर्णयको मुस्लिम समुदायले अस्वीकार गरेपछि यो योजना लागू हुन पाएन । १४ मे, १९४८ मा इजरायलको स्थापना भएसँगै इजिप्ट, जोर्डन, सिरिया र इराकले यो क्षेत्रमा हमला गरे । इजरायल स्थापनासँगै सन् १९४८, १९५६, १९५७, १९६७, १९७३, १९८२, १९८९ मा यो क्षेत्रमा भएको युद्धले व्यापक धनजनको क्षति भयो । सन् १९९० बाट ठोस रूपमा समाधान खोज्ने पहलकदमी सुरु भयो । सन् १९९३ को ओस्लो शान्ति सम्झौतामा प्यालेस्टाइन नेता यासेर आराफात र इजरायली प्रधानमन्त्री यित्ज्याक रविनबीच हस्ताक्षर भएको थियो । तर उग्रवादी यहुदीद्वारा इजरायली प्रधानमन्त्री रविनको हत्या गरेपछि दुई राष्ट्रका रुपमा निकाल्न खोजिएको समाधानको प्रसयास असफल भयो । सन् २००४ मा यासेर अराफातको पनि निधन भएपछि प्यालेस्टाइनलाई मोहम्मद अब्बासले नेतृत्व गर्दै आएका छन् । इजरायल र प्यालेस्टाइनबीच हरेक वर्ष हिंसा मच्चिँदै आएको छ । 

जेरुसेलम इजरायल–अरब तनावमा सबैभन्दा विवादित मुद्दा हो । प्यालेस्टाइनी भूमी पूर्वी जेरुसेमल र ओल्ड सिटी सन् १९६७ मा भएको ६ दिने युद्धका क्रममा इजरायलले कब्जा गर्‍यो । पैगम्बर मोहम्मदलाई आफ्नो इतिहास मान्ने इस्लाम, यहुदी र इसाई धर्मावलम्बीले पवित्र स्थलका रुपमा मान्दै आएका छन् । हिब्रु भाषामा जेरुसेलम र अरबी भाषामा अल कुद्सको नामले चिनिने यो सहर संसारको सबैभन्दा प्राचीन सहरमध्ये एक हो । यो सहरमा भएका युद्धका क्रममा केही पटक कब्जा, ध्वस्त भएपछि फेरि बसाइएको हो । सोही कारण पनि यहाँको माटोको हरेक पत्रमा इतिहासको एक पत्र लुकेको मानिन्छ ।

दोस्रो विश्वयुद्धका क्रममा बेलायत र फ्रान्सको प्रभाव रहेको वालफोर घोषणा भयो । जसमा आप्रवासीहरुको समर्थन र प्यालेटाइनमा यहुदी बस्ती निर्माणलाई समर्थन गरिएको थियो । पहिलो विश्वयुद्धकै क्रममा मध्य पूर्वको अटोमन साम्राज्यले बेलायत र फ्रान्ससँग लड्नका लागि जर्मनीसँग आपसी रक्षा सन्धी गर्‍यो । उसले बेलायत र फ्रान्स विरोधी शक्तिसँग हात मिलायो । यही अवस्थामा प्यालेस्टाइनमा रहेका यहुदी तथा अरब मूलका बासिन्दाले अटोमन साम्राज्यबाट मुक्त हुन अमेरिका, बेलायत रुस रहेको ध्रुबलाई समर्थन गरे ।

ओल्ड सिटी जेरुसेलमको प्राचीन सहर हो । अधिकांश इजरायली जेरुसेलमलाई आफ्नो देशको राजधानी मान्दछन् र हरेक प्यालेस्टाइनी जेरुसेलमलाई आफ्नो देशको राजधानीसँगै पवित्र स्थलको रुपमा लिने गर्दछन् । इजरायलले पूर्वी जेरुसेलममाथि लामो समयदेखि कब्जा जमाएपनि अन्तराष्ट्रिय समुदायले मान्यता दिएका छैनन् । 

बेलायतको साम्राज्यवादी नीति र त्यसमा अमेरिकी निरन्तरताका कारण आफ्नो भूमि र पवित्र स्थल गुमाएका प्यालेस्टाइनीहरु पूर्वी जेरुसेलम प्यालेस्टाइनको राजधानीका रुपमा स्थापित हुनुपर्ने मागमा दृढ छन् । उसले इजरायल–प्यालेस्टाइनको विवाद समाधान गर्ने र शान्ति स्थापना गर्ने यो नै प्रमुख शत्रु भएको जनाउदै आएको छ । यसको अर्थ प्यालेस्टाइनले आफ्नो राष्ट्रको ठूलो भूभाग गुमाएपनि सन् १९६७ अघिको सीमाको स्वतन्त्र प्यालेस्टाइनी राष्ट्र निर्माण हुनुपर्ने उसको विचार हो । संयुक्त राष्ट्र संघको प्रस्ताव पनि यही हो । जेरुसेलममा एक तिहाइ जनसंख्या प्यालेस्टाइनी मूलकै मानिसको छ । पूर्वी जेरुसेलम, गाँजापट्टी र पश्चिम किनारामा इजरायलले विस्तार गरेको अवैध यहुदी बस्ती विवादको अर्को मुख्य समस्या हो । 

प्यालेस्टाइनी भूमि १९ औं शताब्दीसम्म पनि जातीय विविधतामा रमाएको शान्त क्षेत्र थियो । प्यालेस्टाइनमा ८६ प्रतिशत मुस्लिम, १० प्रतिशत इसाई र ४ प्रतिशत यहुदीहरु थिए । प्यालेष्टाइनी भूमिमा यहुदीहरुको जनसंख्या बढ्दै जाँदा स्थानीय आदिबासी तथा अरब मुलका मानिस जनसांख्यिक अल्पमतमा पर्न थालेपछि सन् १८९२ मा अरब मुलका बासिन्दाहरूले आन्दोलन सुरु गरे । अटोमन शासकले प्यालेष्टाइन भूमि विदेशी नागरिकलाई बेच्न रोक लगाएको थियो । यतिबेलासम्म प्यालेस्टाइनको जनसंख्या ६० हजार थियो । जसमध्ये ३३ हजार आप्रवासीको संख्या पुगको थियो । पहिलो विश्वयुद्धको समाप्तिसँगै प्यालेस्टाइन र ट्रान्स जोर्डन क्षेत्र हालको इजरायल, जोर्डन, पश्चिमी किनारा र गाजापट्टी बेलायतको अधिनमा आयो । यो क्षेत्रमा बेलायतको शासनकालमा सन् १९१९ देखि १९२६ सम्ममा ९० हजार आप्रवासीहरु प्यालेस्टाइन पुगे । 

दोस्रो विश्वयुद्धका क्रममा बेलायत र फ्रान्सको प्रभाव रहेको वालफोर घोषणा भयो । जसमा आप्रवासीहरुको समर्थन र प्यालेटाइनमा यहुदी बस्ती निर्माणलाई समर्थन गरिएको थियो । पहिलो विश्वयुद्धकै क्रममा मध्य पूर्वको अटोमन साम्राज्यले बेलायत र फ्रान्ससँग लड्नका लागि जर्मनीसँग आपसी रक्षा सन्धी गर्‍यो । उसले बेलायत र फ्रान्स विरोधी शक्तिसँग हात मिलायो । यही अवस्थामा प्यालेस्टाइनमा रहेका यहुदी तथा अरब मूलका बासिन्दाले अटोमन साम्राज्यबाट मुक्त हुन अमेरिका, बेलायत रुस रहेको ध्रुबलाई समर्थन गरे । बालफोर घोषणाले जोर्डन नदीको दुबै किनारमा यहुदी बस्ती बसाल्न समर्थन गरेको थियो । सन् १९१७ मा अटोमन टर्किस शक्तिलाई बेलायतले पराजित गर्दै प्यालेस्टाइन नियन्त्रणमा लियो । 

सन् १९३६ मा प्यालेस्टाइनमा साम्राज्यवाद र उपनिवेशका विरुद्ध आन्दोलन भयो । आन्दोलन उत्कर्षमा पुग्दै गर्दा हिंशा भड्कियो र प्यालेष्टाइनमा रहेका ब्रिटिस सैनिक तथा प्रहरी चौकीमा आक्रमण हुन थाले । आन्दोलनसँगै सरकार असफल भयो । ब्रिटिस साम्राज्यले हिंशा अन्त्यका लागि बल प्रयोगलाई प्रोत्साहन दियो । आन्दोलनमा नेतृत्व गर्नेलाई पक्राउ गरी देश निकालियो । आन्दोलनको नेतृत्व गर्ने मुफ्ती भागेर लेबनान पुगे । त्यहाँ देखि उनले आन्दोलनकारीलाई परिचालन गर्न थाले । आन्दोलन नरोकिएपछि बेलायतले गठन गरेको आयोगले सन् १९३७ मा प्यालेस्टाइनलाई दुई राज्यमा विभाजन गर्ने प्रस्ताव पहिलो पटक गरेको हो । यहुदी राज्यमा जोर्डन नदीको किनाराका समथर भूमि, जर्जिल उपत्यका गलिलीलगायतका भूभाग थिए भने अरब राज्यमा ट्रान्स जोर्डन क्षेत्र, जुडेअ, सामारिया, जोर्डन उपत्यका र नेगेभ रहने प्रस्ताव गरिएको थियो । यहुदी समुदायले यो प्रस्तावलाई स्वीकार गरे पनि अरब समुदायले भने यसलाई अस्वीकार गर्‍यो र आफ्नो कुनै पनि भूभाग यहुदीलाई नदिने भयो । 

सन् १९३९ मा ब्रिटिस सरकारले नयाँ नीति अख्तियार गर्दै प्यालेस्टाइनलाई एक राज्यको रुपमा राख्ने र यहुदीहरुको आप्रवासन नियन्त्रण गर्दै जाने निर्णय ग¥यो । यहुदीहरुलाई प्यालेस्टाइन प्रवेशका लागि कोटा प्रणाली लागु गरियो । यो प्रणालीले यहुदीहरुलाई प्यालेस्टाइनमा जमिन खरिदमा कडाइ गर्‍यो । यो प्रणाली ब्रिटिसको साम्राज्य रहँदासम्म कायम रह्यो । दोस्रो विश्वयुद्ध सुरु भएसँगै ब्रिटिस साम्राज्य प्यालेस्टाइनबाट पछि हटे पनि हिंसाको अन्त्य भएन । दोस्रो विश्वयुद्धका समयमा प्यालेस्टाइन आन्दोलनले अरब नेतृत्व र जर्मनीसँग हात मिलायो । दोस्रो विश्व युद्धसँगै त्यहाँका यहुदीहरु संगठित भएर हतियार उठाए । यस क्रममा हजारौं सर्वसाधरणहरुको ज्यान गयो । बेलायती सैनिक विरुद्ध आक्रमण सुरु गरे । सन् १९४६/४७ को बिचमा करिब ७० हजार यहुदीहरु प्यालेस्टाइन पुगे । 

सन् १९४७ मा संयुक्त राष्ट्रसंघ महासभाले प्यालेस्टाइनको राजनीतिक घटनाको अध्ययन गर्न एक समिति बनायो । यो समितिले ३ सेप्टेम्बर १९४७ प्यालेस्टाइनको भूमिलाई तीन भागमा विभाजन गर्ने निर्णयसहितको प्रतिवेदन बुझायो । यसमा ११ हजार वर्ग किलोमिटर क्षेत्रफलको अरब राज्य, १५ हजार वर्ग किलोमिटरको यहुदी राज्य र जेरुसेलमसहितको एउटा भाग राष्ट्रसंघको अधिनमा राख्ने उल्लेख थियो । यो प्रतिवेदनमा यहुदी र मुस्लिम दुवै असहमत भए । अरब राष्ट्रले राष्ट्रसंघको यो निर्णयले बहुसंख्यक जनताको अधिकार हनन् गरेको प्रतिक्रिया दियो ।

१४ मे १९४८ मा प्यालेस्टाइनका यहुदी समुदायको इजरायल राज्यको घोषणा गरियो । त्यसपछि अरब इजरायल युद्धको सुरुवात भयो । अरबका पाँच राष्ट लेबनान, सिरिया, इराक, र इजिप्टका सेनाले तेल अभिभमा हवाइ आक्रमण गरे । साउदी अरबले आफ्ना सैनिक इजिप्टको कमाण्डमा युद्धमा पठायो । यही युद्धपछि इजरायललाई अमेरिकाको साथ रहँदै आएको छ । त्यसपछि यहुदीहरुले यहुदीका लागि छुट्याएको भूमिसँगै मुस्लिम समुदायको बाहुल्यता रहेको प्यालेस्टिनी भूमिमाथि पनि निरन्तर कब्जा गर्दै लगेको छ । अब सिंगो प्यालेस्टाइनको सानो क्षेत्रमात्रै बाँकी छ । 

अमेरिकालगायत पश्चिमा देशहरूको समर्थन एवम् सहयोगमा इजरायल सानो देश भएर पनि राजनीतिक, आर्थिक एवम् सामरिक रूपमा अत्यन्त शक्तिशाली राष्ट्रको रुपमा उदाएको छ । उसले सन् १९६७ को युद्धमा एकैपटक मध्यपूर्वका चार राष्ट्रलाई ६ दिनमै हराइदियो । दरिलो बाह्य समर्थन र सशक्त घरेलु राजनीतिले इजरायल मध्यपूर्वको साँढे बनेको छ । यो युद्धका केही दीर्घकालीन प्रभावहरू देखिए । गाजा पट्टी, इजिप्टको सिनाई प्रायद्वीप, पूर्वी जेरुसेलमसहित वेस्ट बैंक र सिरियाको गोलन पहाडी क्षेत्रमाथि इजरायलको नियन्त्रण कायम भयो ।

पाँच लाख प्यालेस्टिनी विस्थापित भए । अन्तिम अरब–इजरायल संघर्ष सन् १९७३ को योम किप्पुर युद्ध थियो । इजिप्ट र सिरियाले इजरायलविरुद्ध यो युद्ध लडेका थिए । सन् १९८२ मा इजरायलले इजिप्टको सिनाई प्रायद्वीपमाथिको आफ्नो दाबी छाड्यो । ६ वर्षपछि इजिप्ट इजरायलसँग शान्ति सम्झौता गर्ने पहिलो अरब देश बन्यो । जोर्डनले पनि इजरायलसँग मेलमिलापको नीति लियो । गाजा पट्टी हमासको नियन्त्रण भएको इलाका हो । वेस्ट बैंकमा प्यालेस्टाइनको आधिकारिक शासन छ । जुन सरकारलाई अन्तर्राष्ट्रिय मान्यता छ ।

एक स्वतन्त्र प्यालेस्टाइन गठनमा भएको ढिलाई, वेस्ट बैंकमा यहुदी बस्तीको विस्तार र प्यालेस्टाइनी क्षेत्र आसपासको सुरक्षा घेराका कारण यो क्षेत्रमा शान्ति स्थापना कठिन बनेको छ । हेगस्थित अन्तर्राष्ट्रिय न्यायलयले प्यालेस्टिनी क्षेत्र आसपासको सुरक्षा घेराको आलोचना गर्दै आएको छ । इजरायलले सन् १९६७ मा कब्जा गरेदेखि नै जेरुसेलम इजरायलको राजधानी भएको दाबी गर्दै आएको छ । प्यालेस्टाइनले अहिले पनि ४ जुन, १९६७ को युद्धअघिको सीमा निर्धारण गर्नुपर्ने बताउँदै आएको छ । राष्ट्र संघको प्रस्ताव अनुसारको प्यालेस्टिनी माग समेत अस्वीकार गरेर इजरायलले यो क्षेत्रमा गरिरहेको यहुदी बस्ती विस्तार मध्यपूर्वको अशान्तिको प्रमुख कारक बनेको छ ।