घटस्थापनाको अवसरमा डिशहोम फाइबरनेटको अफर: एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा

घटस्थापनाको अवसरमा डिशहोम फाइबरनेटको अफर: एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा

लोकसंवाद संवाददाता  |  कारोबार  |  आश्विन २८, २०८०

ललितपुर । घटस्थापनाको दिन देखी लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ बर्ष सम्मा इन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको डिशहोमले जनाएको छ ।

 डिशहोमका अनुसार यस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबिपिएसदेखी ३०० एमपिएस सम्मका प्याकेजहरु जडान गर्न सक्ने छन् । जसमा ग्राहकले ५० एमबिपिएसदेखि २५० एमबिपिएसससम्म फाईभ-जी राउटर पाउनेछन भने ३०० एमबिपिएसको प्याकेज लिने ग्राहकले वाईफाई-६ राउटर पाउने छन् ।       

थप जानकारीको लागि आफु नजिकैको DH Fibernet डिलर दाई अथवा आजै नै ०१-५९७०३६५मा सम्पर्क गर्न  डिशहोमले अनुराेध गरेको छ । यो चाडपर्वमा थप उत्साह ल्याउने Festive 24 Months Package को नयाँ कनेक्सन आग्रह  गरेको छ । 
यस अघि एसियाकपमा नेपाल र भारतको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर  ल्याएको थियो । 

एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा अफर घटस्थापना ९असोज २८० देखि पूर्णिमा ९कार्तिक ११० सम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।