दिपक बस्नेत पहिलो गीत 'बोली मिठो' सार्वजनिक (भिडियोसहित)

दिपक बस्नेत पहिलो गीत 'बोली मिठो' सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन २८, २०८०

काठमाडौं । दिपक बस्नेत पहिलो गीत 'बोली मिठो' सार्वजनिक भएको छ । शिव अनुरागको संगीत रहेको उक्त गीतको शब्द रचना दिपक बस्नेतले गरेका हुन् ।

मिलन विकको स्वर रहेको यो गीतको संगीत संयोजन सञ्जय श्रीपालीले गरेका हुन् । सन्तोष सुनारले छायांकन गरेको भिडियोलाई उदय प्रकाशले सम्पादन गरेका छन् ।

भिडियोमा चर्चित बेली डान्सर बन्दना बेली र दिपक बस्नेतलाई मूख्य भूमिकामा देखाइएको छ । सहायक कलाकारमा ड्रिम डान्स परिवार रहेका छन् ।

'बोली मिठी' गीतमा गाउँको पृष्ठभूमिबाट पढ्न बजार झरेको युवाको ठट्यालीपन र किशोर अवस्थालाई उजागर गर्ने  कथा समेटिएको छ ।

गीत र म्युजिक भिडियो दुवैले दर्शकलाई रोमाञ्चित बनाउने विश्वास निर्माण पक्षले लिएको छ ।

बस्नेतका अनुसार टिकटकमा नाच्ने र नचाउनुको लागि एउटा सदावार गीत निर्माण भएको छ । रोहन मगर र भिरन श्रेष्ठको उत्कृष्ट कोरियोग्राफी रहेको भिडियोलाई अन्जित बोहोराले निर्देशन गरेका हुन् । 

दिपक बस्नेतले निर्माण गरेको उक्त गीत आफ्नै युटुबमा च्यानल अनुदिप क्रियशन मार्फत 'बोली मिठो'  बोलको गीत आईतबार सार्वजनिक गरिएको हो ।

दिपक बस्नेत पहिलो गीत 'बोली मिठो' सार्वजनिक यहाँ क्लिक गरेर सुन्न सकिन्छ ।