सानैदेखि सामाजिक काम गर्ने बानीले एनआरएनएको उप महासचिवमा उम्मेदवारी दिनसम्म प्रेरित गर्यो

सानैदेखि सामाजिक काम गर्ने बानीले एनआरएनएको उप महासचिवमा उम्मेदवारी दिनसम्म प्रेरित गर्यो

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २९, २०८०

हुन त सन् १९९६ मा बिदेसिनु पूर्व नै म सामाजिक क्षेत्रमा क्रियाशील रहेको थिएँ । साथसाथै विद्यार्थी राजनीतिमा पनि मेरो उस्तै सक्रियता रहेको थियो ।

१९९६ मा अवसरको खोजीमा स्वीजरल्याण्ड पुगेसँगै त्यसपछि युरोपका अन्य देशहरुमा पुग्दा गैरआवासीय नेपाली संघका साथसाथै  नेपाली समाज, जनसम्पर्क समिति, नेपाल रेडक्रस सोसाइटी, नेपाल पोर्चुगल फ्रेन्डसिप एसोसिएसन, जनसम्पर्क समितिलगायत विभिन्न सामाजिक संघसंस्था र राजनीति संघसंस्थामा मैले थप सक्रिय रुपमा काम गर्ने अवसर पाएँ ।

विशेषतः जनसम्पर्क समितिको तर्फबाट पनि उपाध्यक्षको हैसियतले भूकम्प र बाढीपीडितलाई सहयोग गर्ने काम भएको थियो । नेपाली समाजको तर्फबाट पनि गैरआवासीय नेपालीको वृद्धाश्रम छ त्यसको निर्माण गर्नेगरी भूमिका खेलेको थिएँ ।

त्यसैगरी नेपालको विभिन्न ठाउँमा विद्युतीय पुस्तकालय स्थापना गर्न मेरो सक्रियता रह्यो । म पढेको विद्यालयमा मेरै नेतृत्वमा ४० लाख भन्दा बढी सहयोग, त्यसपछि केही वर्षमात्रै पढेको शिव माध्यामिक विद्यालयमा २० औँ लाखको सहयोगमा विद्युतीय पुस्तकालय स्थापना गर्न भूमिका खेलेको थिएँ ।

यसरी फण्ड संकलन गरेर विद्यामन्दिर पुस्तकालय, जुन तत्कालीन धौलारी अञ्चलकै सबैभन्दा ठूलो पुस्तकालयका लागि पनि क्याम्पेनिङ सञ्चालन गरिएको थियो भने, अमर मावि, भीमसेन मावि, लेखानी माविलगायतका विद्यालयहरुमा ईपुस्तकालय स्थापना गर्न नेतृत्वदायि भूमिका निर्वाह गर्ने अवसर पाएँ ।

पूर्व विद्याथीहरुलाई सहभागी गराउँदै गैरआवासीय नेपाली संघको अभियानमार्फत हामीले नेपालमा २०० भन्दा बढी विद्युतीय पुस्तकालयहरु स्थापना गरेका थियौँ । मेरो नेतृत्वदायी भूमिकामा यो कार्य गर्न पाउनु मेरोलागि अत्यन्तै महत्त्वपूर्ण विषय पनि हो ।

त्यसैगरी विशेषतः बागलुङ जिल्लामा सडक, खानेपानी, मठमन्दिर, पुराना बाद्य माधनदेखि लिएर धर्म संस्कृतिको रक्षाका लागि पनि सहयोग गर्ने अवसर मिल्यो ।
त्यसैगरी लक्ष्मीनारायण मन्दिर निर्माणमा पनि हामीले फण्ड कलेक्सन गरेर सहयोग गरेका थियौँ । त्यसैगरी रिघा बिहार निर्माणका लागि हामीले संसार भरीबाट ३० लाख भन्दा बढी फण्ड कलेक्सन गरेर त्यहाँ भूमिका निर्वाह गरेका थियौँ ।

यसैगरी नेपालमा मानवसेवा आश्रमको पक्षमा पनि मैले काम गर्ने अवसर पाएँ । विशेषतः मानवसेवा आश्रम स्थापनाका लागि पनि मैले त्यहाँका सामाजिक व्यक्तित्व र तत्कालीन सीडीओ भागिरथ पाण्डेलगायत प्रहरी प्रशासनसँग समन्वय गरेर मैले नेतृत्वदायी भूमिका निर्वाह गरेको थिएँ । बागलुङमा अत्यन्तै महत्त्वपूर्ण मानव सेवा आश्रम जो सडकमा मागेर पनि खान नसक्ने अवस्थामा छन् उनीहरुलाई सहयोग गर्न यो अहिले सञ्चालनमा छ । अहिले नगरपालिकासहित विभिन्न सामाजिक व्यक्तित्वहरूको सर सहयोगबाट यसको भवन निर्माणलगायतका काम सम्पन्न भइरहेको छ ।

यस्तै गैरआवासीय नेपाली संघको तर्फबाट हामीले यस्तै खालका विभिन्न भूकम्प पीडित, बाढी पीडितका लागि कार्यक्रम सञ्चालन भए । त्यतिबेला मैले बाढी पीडितलाई सहयोगका लागि पनि एउटा नेतृत्वदायी भूमिका गरेको थिएँ । फण्ड कलेक्सन गर्ने सवालमा म त्यतिबेला संस्थाको कोषाध्यक्ष भएको नाताले पनि विभिन्न देशहरुसँग समन्वय गर्ने अवसर प्राप्त गरेँ ।  यस्तै हामीले २०१६ तिर पश्चिम नेपालमा गएको भूकम्पको बेला पनि गैरआवासीय नेपाली संघको तर्फबाट तत्कालीन अध्यक्ष शेष घलेको सहयोगबाट त्यहाँका ४ जिल्लाहरुलाई हामीले ३२ लाख भन्दा बढी फण्ड संकलन गरेर त्यहाँ उपलब्ध गराउने अवसर पनि मैले पाएको थिएँ ।

यस्तै विभिन्न ठाउँहरुमा जस्तो चितयनमा हामीले ब्लड कलेक्सन भेइकल छ, त्यसमा पनि मैले व्यक्तिगत सहयोगसहित साथीहरुको सहयोगमा यो काम सम्पन्न भएको थियो । यो कार्यमा एनआरएनएसँग समन्वय गर्ने र कार्यान्वयन तहमा लैजाने तर्फ मेरो भूमिका रह्यो ।

त्यसैगरी यहाँ रहेका विभिन्न सामाजिक संघ संस्थाहरु चिल्ड्रेन होम, आदर्श नारी गृह, कम्प्युटर वितरणका कुराहरु, सहयोग गर्ने कुराहरु, मानवसेवा आश्रम चितवनको शाखा विस्तारमा फण्ड कलेक्सन गर्ने कुरामा सहयोग भएको छ ।

भरतपुरको लक्ष्मीनारायण मन्दिर निर्माणका लागि मेरो नेतृत्व र हामी सबैको सामुहिक पहलबाट ४ करोड भन्दा बढी सहयोग गरेर निर्माण गर्ने कुरा भएको छ । भरतपुरकै लक्ष्मी माध्यामिक विद्यालयमा हामीले ३० औँ गैरआवासीय नेपाली र प्रवासी नेपालीका साथै पूर्वअध्यक्ष शेष घलेको ३० औँ लाखको सहयोगमा अत्याधुनिक इलेक्ट्रोनिक लाइबेरी स्थापना भएको छ ।

प्रहरी शिक्षालय भरतपुरमा अत्याधुनिक लाइब्रेरी २०१७ मै स्थापना भएको थियो । त्यसका लागि ५० औँ लाख भन्दा बढी फण्ड संकलन भएको थियो ।
त्यस्तै विभिन्न सामाजिक काममा गैरआवासीय नेपाली संघको माध्यमबाट मैले नेपालमा सोसाइटीलाई सहयोग गर्ने र हाम्रो गैरआवासीय संघलाई पनि सहभागी  गराउने अवसर पाएँ यसका लागि संघप्रति आभारी छु । जजसले विभिन्न प्राजेक्टहरुमा सहयोग गर्नुभयो यसका लागि पनि आभारी छु र आगामी दिनमा पनि यस्तो कार्यहरुमा नेतृत्व गर्दै गैरआवासीय नेपाली संघ र समाजलाई बलियो सुदृद्ध र एकताबद्ध बनाउँदै नेपाल र नेपालीको सेवामा लागिरहने योजना छ ।