पूर्व वडाअध्यक्ष डिल्लीराम अधिकारीले ल्याए ‘खाडीको लाहुरे’ (भिडियोसहित)

पूर्व वडाअध्यक्ष डिल्लीराम अधिकारीले ल्याए ‘खाडीको लाहुरे’  (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  आश्विन २९, २०८०

काठमाडौँ । डिल्लीराम अधिकारीको स्वरमा ‘खाडीको लाहुरे’ बोलको गीत भिडियोसहित नेपमेलो युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

भोजपुरको अरुण गाउँपालिका वडानम्बर–७ का पूर्व वडाअध्यक्ष तथा गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवारसमेत रहेका अधिकारीले ‘खाडीको लाहुरे’ गीतमार्फत पहिलो पटक गायकका रुपमा डेब्यु गरेका हुन् । सानैदेखि गायनमा रुचि राख्ने अधिकारीले यस गीतमार्फत गायनमा राम्रो संभावना देखाएका छन् ।

समसामयिक सामाजिक विषयवस्तुमा आधारित देश नरेश अधिकारीको शब्द रचना र संगीत रहेको गीतमा योगेश काजीको संगीत संयोजन रहेको छ । भिडियोमा अर्जुन सापकोटा, जुना कार्की, रेखा अधिकारी र देशनरेश अधिकारीको अभिनय रहेको छ । भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन बुद्ध थापाको रहेको छ ।

पूर्व वडाअध्यक्ष डिल्लीराम अधिकारीको ‘खाडीको लाहुरे’ बोलको गीतको भिडियो यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।