डिशहोममा दशै स्पेशल शो: सुपरहिट चलचित्र छक्का पञ्जा ४ निशुल्क हेर्न सकिने

डिशहोममा दशै स्पेशल शो: सुपरहिट चलचित्र छक्का पञ्जा ४ निशुल्क हेर्न सकिने

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  कार्तिक १, २०८०

बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र  विशेष प्रदर्शन भइरहेको छ । यो चाडवाडको मौसममा डिशहोमले आफ्नो ग्राहकहरु लाई मनोरन्जन प्रदान गर्नको लागि दशैं स्पेशल शो अन्तरगत सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा ४ प्रदर्शन गरिने डिशहोमले जनाएको छ  ।

डिशहोमको सवै एक्टिभ ग्राहकहरुले विनाकुनै अतिरिक्त शुल्क प्लस मुभीमा कार्तिक ३ र ४ गते वेलुका ७ वजे यो चलचित्र निशुल्क हेर्न सक्नुहुनेछ ।  यस्तै दशै मुभि फेस्ट अन्तर्गत घटस्थापना देखि रमाईलो टिभी र प्लसमुभीमा दशैभरी नयाँ नयाँ नेपाली चलचित्र हेर्न सकिने छ ।

थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिनेछ । 

डिशहोमको यो प्रयासले सपरिवारसँगै वसेर नयाँ चलचित्र हेर्नका साथै भरपुर मनोरन्जन समेत हाम्रो ग्राहकहरुले लिन सक्ने कम्पनीले विश्वास लिएको जनाएको छ ।