कुमारी बैंक : ‘बडा दशैं क्यास ब्याक  तथा दक्षिणा योजना’सार्वजनिक

कुमारी बैंक : ‘बडा दशैं क्यास ब्याक  तथा दक्षिणा योजना’सार्वजनिक

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ३, २०८०

कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरूमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दशैँ दक्षिणा’ र ‘क्यास ब्याक अफर’ योजना लाई थप समयको लागि निरन्तरता दिएको  बैंकले जनाएको छ।       

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडको ‘क्यास ब्याक अफर’ योजनाले महान चाड दशैंको हर्षोल्लासलाई थप अभिवृद्धि गर्ने छ ।

यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपयाँ सम्म क्यास ब्याक दिइने छ । क्यास POS, QR Payment   तथा अनलाइन पेमेन्ट बाट गरीने कारोबारमा प्रदान गरिनेछ । 

चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कार्तिक ६ देखी कार्तिक ११ गते सम्मका लागि समेत निरन्तर रहने जनाएको छ । 

साथै, कुमारी बैंक लिमिटेडले बडा दशैं को विशेष दिन विजया दशमीका दिन आफ्ना ग्राहकहरुलाई थप आकर्षक सुविधा सहित ‘क्यास ब्याक अफर’  सँगै ‘बडा दशैँ दक्षिणा’ योजना समेत सार्वजनिक गरेको छ ।     

यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङ्ग मार्फत् रकम स्थानान्तरण (फण्ड ट्रान्सफर) कारोबार गर्दा नदोहोरिने गरी पहिलो १४०० जना ग्राहकहरुलाई बैंकद्वारा रु ५० (क्यास ब्याक)  दिइने जनाएको छ । क्यास ब्याक का लागि योग्य हुन न्युनतम कारोबार रु १०० हुनुपर्नेछ ।  
माथि उल्लेखित दुवै इााभच हरु विहान ८ बजे देखि राति ११: ५९ बजे सम्म गरिएका कारोबारमा लागु समेत बैंकले जन‍ाएको छ । 

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।