बरालद्वयको 'हाँस्दा अरूसँग, रुँदा मसँग' गजलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

बरालद्वयको 'हाँस्दा अरूसँग, रुँदा मसँग' गजलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ३, २०८०

काठमाडौं । कवि तथा गजल कार नबराज बराल ‘निशान्त’ को शब्दमा आधुनिक गजल “हाँस्दा अरूसँग, रुँदा मसँग” सार्वजनिक भएको छ ।

यस गजलमा राजन बरालले सङ्गीत भरेका छन् भने स्वर पनि राजन बराल कै रहेको छ । मनोहर सुनामको एरेन्ज रहेको यस गजलमा सितारमा सीतामैंया राजथल, बाँसुरीमा गोपाल देव, तबला र रिदम भुवन गन्धर्व, स्याक्सोफाने र गितारमा मनोहर सुनामले साथ दिएका छन् ।

यस म्युजिक भिडियोको परिकल्पना, सम्पादन, छायाङ्कन, सिनेमेटोग्राफी तथा निर्देशन दिवश बरालले गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको लाहाचोक र मङ्की हिल हट्स एन्ड रेस्ट्रो प्रा.लि. का रमणीय स्थलमा यस म्युजिक भिडियोको छायाङ्कन गरिएको छ ।

स्टुडियो साउन्ड डिजाइन नक्सालमा रेकर्डिङ गरिएको यस गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङको काम भोला पौडेलबाट सम्पादन भएको थियो ।

यस म्युजिक भिडियोमा किशोर सुनार, शङ्कर सुनार र एलिसा कुँवरको मन छुने कारुणिक अभिनय देख्न सकिन्छ । यो म्युजिक भिडियो बडा दशैंको शुभकामनासहित विजया दशमीको दिन राजन बराल अफिसियल युट्यसव च्यानल https://www.youtube.com/@rajanbaral615 तथा यहाँ क्लिक गरेर   सुन्न सकिन्छ ।