एनआरएनए पोल्याण्डको आज सांस्कृतिक कार्यक्रम, विदेशी कलाकारको समेत प्रस्तुती दिँदै

एनआरएनए पोल्याण्डको आज सांस्कृतिक कार्यक्रम, विदेशी कलाकारको समेत प्रस्तुती दिँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक ४, २०८०

यूरोप । प्रवासमा नेपाली चाडपर्व तथा संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यसहित पोल्याण्डमा आज बडादशैंको उपलक्ष्यमा सांगीतिक कार्यक्रम हुने भएको छ ।

एनआरएनए पोल्याण्डको सदा झै यस वर्ष पनि आज अक्टोबर २१ तारिख शनिबार यहॉ रहेका नेपालीहरू माझ बडा दशैँको शुभकामना आदानप्रदानसहित सांस्कृतिक कार्यक्रम हुँदैछ। 

सांस्कृतिक कार्यक्रममा पोल्याण्डको परिचित लोक ब्याण्ड दोरोस्लीका गायक इगोर स्पोल्स्कीको समेत प्रस्तुति रहनेछ।साथै पोल्याण्डका स्थानीय नेपाली कलाकारहरु सन्तोष अधिकारी, केशव कसुर राई, शुसिल विश्वकर्मा, मन्दिरा वाइवा, सुस्मिता लम्साल, दिजिता खत्री, सपना गुरुङ, महेश खत्री, सृजिता खड्की र अनिश सुन्दास लगायतको समेत प्रस्तुति रहनेछ।

पोल्याण्डको परिचित लोक ब्याण्ड दोरोस्लीका गायक इगोर स्पोल्स्कीको ह्याप्पी भिलेज अर्केस्ट्रा नामक साङ्गीतिक समूहले संगीतको कलामार्फत पश्चिम नेपालका ग्रामीण गाउँमा साना नानीहरूका लागि शिक्षाका लागि काम गरिरहेको छ। 

एनआरएनए पोल्याण्डका महासचिव पवन खड्काका अनुसार आजको कार्यक्रम पोल्याण्डको राजधानी वार्सास्थित नोभा लन्जमा राति ८ बजेबाट हुने र कार्यक्रमको सम्पूर्ण तयारीसमेत भएको बताए।कार्यक्रममा सहभागिताका लागि पोल्याण्ड ४० जलौटी अनलाइन र ५० जलौटी अफ लाइन टिकट खरिद गर्ने व्यवस्था मिलाइएको बताए।