'मिलाऔँ  एकताको हात'

'मिलाऔँ  एकताको हात'

प्रेमलकुमार खनाल  |  साहित्य  |  कार्तिक ६, २०८०

अनेकता भए वैरी खुसी हुन्छन् 
एक जुट भए जनता खुसी हुन्छन् 

अँध्यारोमा सबै अन्धकार हुन्छ
घाम झुल्किएपछि गाउँघर उज्यालो हुन्छ

आऊ मिलाऔँ  एकताको हात 
दिऔं जनतालाई सुख दुःखमा साथ

आऊ ! मिलाऔँ एकताको हात 
 अन्धकारलाई चिर्दै उज्यालो ल्याउनुलाई

जनता चाहन्छन् गाँस, बास र कपास
दिऔं !  जनताको चाहनामा साथ

आऊ ! मिलाऔँ एकताको हात
 दिऔं जनताको सुख दुःखमा साथ

 देश खाेक्राे पारे भ्रष्टाचारी ले
पुँजीवादको छाता ओडेर
यिनलाई ठेगान लगाऔँ मिली  हामी सबैले

देश जनताको  हित हुन्छ समाजवादमा
समाजवादले नै ल्याउँछ सुख, शान्ति र समृद्धि 

त्यसैले आऊ मिलाउ एकताको हात 
समाजवाद ल्याउनुलाई 

 अनेकता भए वैरी खुसी हुन्छन्
एकजुट भए जनता खुसी हुन्छन्

आऊ मिलाऔँ एकताको हात 
समाजवाद ल्याउनुलाई 
समाजवाद ल्याउनुलाई

 

दसैँ, अष्टमी- २०८०
काठमाडौँ