डिशहोमद्वारा  नेपाली खेलाडीहरुको हौसला बढाउँन २० लाख सम्मको नगद पुरस्कारको घोषणा

डिशहोमद्वारा  नेपाली खेलाडीहरुको हौसला बढाउँन २० लाख सम्मको नगद पुरस्कारको घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  कार्तिक १५, २०८०

 

ललितपुर ।डिशहोमले क्रिकेट खेलाडीहरु नेपाली खेलाडीहरुको हौसला बढाउने उद्देश्यले  २० लाख सम्मको नगद पुरस्कार घोषणा गरेको छ । 

डिशहोमका अनुसार  डिशहोम परिवारले हाम्रा क्रिकेट खेलाडीहरुले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै अहिले भईरहेको ICC Men’s T20 World Cup अन्तर्गतAsia Qualifier 2023  मा हाम्रो शान, नेपाली क्रिकेट खेलाडीहरूका हरेक RUN, हरेकWICKET र हरेकMILESTONEलाई सम्मान गर्दैं हरेक Inning मा नेपाली खेलाडीहरुको हौसला बढाउनका लागि नगद पुरस्कारको घोषणा गरेको काम्पनिले जनाएको छ । 

डिशहोमले जनाकारी अनुसार घोषणा गरिएका नगद पुरस्कार  यस प्रकार रहेका छन् । 
एकै खेलमा Century5 Wickets दुवै गरेमा २० लाख
Century गरेमा  १० लाख
5 Wickets लिएमा 5 लाख
Half-Century गरेमा १ लाख
3 Wickets  लिएमा  १ लाख
35 Runs को लागि ५० हजार
3 Catches/Stumpings गरेमा ५०हजार