डिशहोमको 'हरेक हप्ता सुपरस्टार सिजन कै मेगा स्टार' अभियानमा तार्जन गुरुङ एक लाख जित्नुभयो

डिशहोमको 'हरेक हप्ता सुपरस्टार सिजन कै मेगा स्टार' अभियानमा तार्जन गुरुङ एक लाख जित्नुभयो

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक १६, २०८०

काठमाडौँ । 'हरेक हप्ता सुपरस्टार सिजन कै मेगा स्टार' योजना अन्तर्गत ०२५५८०५९९६७ कास आईडीका ग्राहक  तार्जन गुरुङले नगद रु एक लाख जित्नुभएको छ । २०८० कात्तिक १३ गते सोमवार भएको लक्की ड्र मार्फत गुरुडले नगद एक लाख जित्नुभएको हो । 

नेपालकै अग्रणी डि.टि.एच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।  

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र इमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ । 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' अभियान आश्विन १, २०८० देखि सिमित अवधिको लागि नेपालभर लागू हुनेछ ।