‘आईएमई सबल जीवन बीमा’: दुर्घटना मृत्यु लाभदेखि काजक्रिया खर्च सुविधासम्म

‘आईएमई सबल जीवन बीमा’: दुर्घटना मृत्यु लाभदेखि काजक्रिया खर्च सुविधासम्म

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक १७, २०८०

अनिश्चितताले भरिएको जीवनमा, आफ्नो र प्रियजनहरूको आर्थिक भविष्य रक्षा गर्न एक उत्कृष्ट जीवन बीमा योजना आईएमई लाइफ इन्स्योरेन्सले लागु गरेको जनाएको छ । 

आईएमई लाइफ इन्स्योरेन्स अनुसार  यस्तै  आवश्यकतालाई पूर्ति गर्न ‘आईएमई सबल जीवन बीमा’ योजना आफ्ना ग्राहक महानुभावहरू समक्ष पस्किएको छ । यस सीमित भुक्तानी सावधिक जीवन बीमा योजना अन्तर्गत बिमितहरुले उत्कृष्ट रक्षावरण पाउनका साथै निश्चिन्त रहन विभिन्न सुविधाहरू समेत पाउने कम्पनीले जनाएको छ । 

‘लचिलो बीमा अवधी, आकर्षक दावी भुक्तानी, र थप पूरक करार सुविधाहरूका साथ, यो योजना दीर्घकालीन आर्थिक सुरक्षा खोज्नेहरूका लागि भरपर्दो बीमा योजनाको रूपमा चर्चित रहेको छ ।’ कम्पनीका सूचना अधिकृत तथा अन्डर राइटिङ प्रमुख सुदीप राणा भन्छन् ‘आईएमई सबल जीवन बीमा योजनाको धेरै मुख्य विशेषताका कारण एक आकर्षक जीवन बीमा लेखको रुपमा ठहरिएको छ ।’

न्यूनतम प्रवेश उमेर

१६ वर्षको उमेर देखिनै बीमा गर्न मिल्ने भएकोले यस विमा लेखले उत्कृष्ट रक्षा वरणका साथै सानै उमेर देखिनै जोखिमहरूको रक्षावरण गर्ने हुनाले आफ्नो र आफ्नो परिवारको आर्थिक भविष्य सुनिश्चित गर्ने अवसर यस बीमा लेखले प्रदान गर्ने छ ।

अधिकतम प्रवेश उमेर

६० वर्षको अधिकतम प्रवेश उमेर रहेको यस बीमा लेखले अप्रत्याशित परिस्थितिहरु समेत आर्थिक सुरक्षा प्रदान गर्नेछ । साथै, यस बीमा लेखको उमेर परिपक्वता २१ वर्ष देखि ६० वर्ष सम्मको उमेर रहेको छ साथै, यस बीमालेख को उमेर परिपक्वता २१ वर्ष देखि ६० वर्ष सम्मको उमेर रहेको छ।

बिमा अवधि

लचिलो बीमा अवधि रहेको यस बीमा लेखमा विमितले आफ्नो आवश्यकता अनुरुप ५, १०, १५ वा २० वर्ष सम्मको बीमा अवधि चयन गर्न सकिनेछ ।
बिमाङ्क रकम

न्यूनतम बिमाङ्क रकम  ५० हजार रुपयाँ  रहेको यस बिमा लेखको अधिकतम बिमाङ्क रकम आफ्नो आयस्रोतको आधारमा रहने छ ।

बिमा शुल्क भुक्तानी तरिका
बीमा अवधिको आधारमा बिमा शुल्क भुक्तानी वर्षहरु फरक फरक निर्धारण गरिएको छ । जसमा बीमा अवधि ५ वर्षको भए एकल, २, ३ र १० बर्षेमा एकल, २, ३ ४, ५ र १५ बर्ष, २० बर्षेमा एकल, २, ३, ४, ५ वर्ष अवधिमा भुक्तानी गर्न सकिन्छ । बिमा शुल्क भुक्तानी तरिका अन्तर्गत वार्षिक, अर्धवार्षिक र त्रैमासिक गरि बुझाउन सकिनेछ । बिमाङ्क रकम २ लाख १० हजारदेखि ५ लाखसम्ममा प्रति हजार एक रुपैया ५ लाख १० हजार भन्दा माथि कमा दुई रुपैया छुटको व्यवस्था पनि गरिएको छ । बीमाशुल्क भुक्तानी तरिकाको आधारमा एकल बीमाशुल्क बाहेक अन्य तरिका अन्तर्गत वार्षिकीमा दुई प्रतिशत र अर्ध वार्षिकमा एक प्रतिशत छुट सुविधा उपलब्ध गरिएको छ ।

यस्ता छन् पूरक करार सुविधाहरु

क) दुर्घटना मृत्यु लाभ
अतिरिक्त शुल्क सहित यो ऐच्छिक सुविधा बीमा अवधि भित्र बिमितको उमेर ७० वर्ष नपुगुञ्जेल सम्म बिमितको दुर्घटनाको कारणबाट शारिरीक चोटपटक लागेर १८३ दिन भित्र बिमितको मृत्यु भएमा यस पूरक करारमा उल्लेखित बिमाङ्क रकम दुर्घटना मृत्यु लाभ वापत एकमुष्ठ भुक्तानी दिइनेछ । 
ख) चालु बिमा लेखमा बिमितको दुर्घटना तथा बिरामीको कारणबाट पूर्ण स्थायी अशक्तता भएमाः
१) बिमा शुल्क मिनाहा लाभ : यस पूरक करारमा उल्लेखित बिमाङ्क बराबर मूल बिमालेख अन्तर्गत तिर्नुपर्ने बाँकी बिमाशुल्क मिनाहा हुनेछ ।
२) आम्दानी सुविधा : यस पूरक करारमा उल्लेखित बिमाङ्कको १ प्रतिशत रकम प्रत्येक महिना बिमितलाई भुक्तानी दिइनेछ । 
ग) एकमुष्ठ भुक्तानी लाभ
अतिरिक्त शुल्क सहित यो ऐच्छिक सुविधा बीमा अवधि भित्र बिमितको उमेर ७० वर्ष नपुगुञ्जेल सम्म बिमितको दुर्घटना तथा बिरामीको कारणबाट पूर्ण स्थायी अशक्तता भएमा पूरक करारमा उल्लेखित बिमाङ्क रकम एकमुष्ठ भुक्तानी लाभ वापत भुक्तानी दिइनेछ ।
घ) काजक्रिया खर्च सुविधा
अतिरिक्त शुल्क सहित यो ऐच्छिक सुविधा बीमा अवधि भित्र बिमितको उमेर ७० वर्ष नपुगुञ्जेल सम्म बिमितको मृत्यु भएमा यस पूरक करारमा उल्लेखित बिमाङ्क रकम काजक्रिया खर्च वापत एकमुष्ठ भुक्तानी दिइनेछ ।
ङ) घातक रोगः
 अतिरिक्त थप शुल्क सहित बिमितका लागि यो घातक रोग पूरक करार योजना ल्याइएको हो । उल्लेखित घातक रोगहरु मध्ये कुनै एक रोगको पहिचान सहित आवश्यक प्रकृया पुरा गरेको अवस्थामा शर्तहरुको अधिनमा रहि न्यूनतम रु पचास हजार देखि अधिकतम रु पचास लाखसम्मको उपचार सुविधा एकमुष्ठ प्राप्त गर्न सकिनेछ । यो सुविधा बीमा अवधि भित्र बिमितको उमेर ६५ वर्ष नपगुनुन्जेल सम्मका लागि मात्र कायम रहनेछ । 

बिमाङ्क रकम भुक्तानी दिइने अवस्था

क) बीमा समाप्त हुने मितिसम्म बिमित जीवित रहेमा बिमा लेखको शर्त हरुको अधिनमा रही उक्त मितिमा बिमाङ्क र नियमानुसारको बोनस रकम भुक्तानी दिइनेछ ।  
ख) बीमा अवधि समाप्त हुने मिति अगावै बिमितको मृत्यु भएमा बीमा लेखको शर्तहरुको अधिनमा रहि बिमाङ्क र नियमानुसार बोनस एकमुष्ठ  भुक्तानी दिइनेछ ।
यस बिमा लेखको आकर्षणहरु

१) यस बिमालेख अन्तर्गत समर्पण/चुक्ता मूल्य र कर्जा सुविधा उपलब्ध हुनेछ । 
२) बीमाको अवधि लामो हुँदा पनि सीमित समयमात्र भुक्तानी गरेर बिमालेख सञ्चालन भई जोखिम वहन हुने ।
३) एकमुष्ट रुपमा बिमाशुल्क भुक्तानी गर्न सकिने ।
आईएमई सबल जीवन बीमा योजना बिमितलाई आर्थिक सुरक्षा प्रदान ल्याईएको एक उत्कृष्ट जीवन बीमाको रुपमा परिचित रहेको छ । कम्पनीका अनुसार यसको लचिलो जोखिम रक्षा वरण सुविधाहरु, आकर्षक बिमाशुल्क भुक्तानी विकल्पहरु र पूरक करारको सुविधा समेतले यो बीमा लेखबाट भएका बिमित र परिवारजनलाई जीवनका विभिन्न परिस्थितिहरूमा आर्थिक सुरक्षा प्रदान गर्नेछ । 

‘यो योजना छनोट गरेर, बिमितले जीवनको अनिश्चितताहरूबाट निर्धक्क भई सुरक्षित रहन सक्नेछन् कम्पनीका अन्डरराइटिङ प्रमुख राणा भन्छन् ‘आजै आईएमई सवल जीवन योजना गरि आफ्नो आर्थिक भविष्य सुरक्षित गर्नुहोस् ।’