‘तीर्थकुमारी स्वर्णिम साँझ २०८०’ आउँदो मंसिर ८ गते शुक्रबार राष्ट्रिय नाचघरमा

‘तीर्थकुमारी स्वर्णिम साँझ २०८०’ आउँदो मंसिर ८ गते शुक्रबार राष्ट्रिय नाचघरमा

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  कार्तिक २०, २०८०

काठमाडौँ । वरिष्ठ लोक गायिका तीर्थकुमारी थापाको ७२ वर्षको उमेरमा पहिलो तथा एकल साङ्गीतिक कार्यक्रम ‘तीर्थकुमारी स्वर्णिम साँझ २०८०’आउँदो मंसिर ८ गते राष्ट्रिय नाचघर जमलमा आयोजना हुने भएको छ । 

आयोजकले उक्त कुराको जानकारी काठमाडौँस्थित काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल मध्य बानेश्वरमा आयोजित पत्रकार सम्मेलन गराइएको हो । 

अन्नपूर्ण चेम्बर अर्केस्ट्राको आयोजनामा हुने उक्त कार्यक्रमको सह–आयोजना काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्सट्रक्सन प्रा.लि.रहेको पनि जानकारी दिइएको छ । 

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार राष्ट्रिय नाचघर जमलमा २०८० मंसिर ८ गते शुक्रबार ३:३० बजे आयोजना हुने ‘तीर्थकुमारी स्वर्णिम साँझ २०८०’को टिकट दर १ हजार, १ हजार ५ सय र २ हजार रहेको समेत आयोजकले जानकारी दिइएको थियो ।

तीर्थकुमारी थापाको पहिलो एकल साङ्गीतिक कार्यक्रमका बारेमा वरिष्ठ लोक गायिका तीर्थकुमारी थापा, काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलकी प्रिन्सिपल सुनिता पौडेल, अन्नपूर्ण चेम्बर अर्केस्ट्राका संगीत संयोजक राजकुमार श्रेष्ठ लगायतले ‘तीर्थकुमारी स्वर्णिम साँझ २०८०’ का बारेमा जानकारी गराउनु भएकाे  थियो ।