लोकसंवाद संवाददाता | समाचार | कात्तिक २२, २०८०
काठमाडौँ । अष्ट्रिया देशका संगीत कर्मी Frizzey Greif द्वारा संचालित संस्था Frizzey Light Association ले हालै काठमाडौंमा वृहत 'कपडा तथा खाद्य सहायता' कार्यक्रम सम्पन्न गरेको संस्थाले जनाएको छ ।
सो सहायताको क्रममा संस्थाले काठमाडौंका विभिन्न सुकुम्बासी बस्तीका तथा सडक पेटीमा बसोबास गर्ने ४१५ जना मानिसहरूलाई न्यानो टोपी तथा आवश्यक कपडाहरू वितरण गरेको छ । यसका साथै सो संस्थाले कपडा पाउने सबैलाई खाजा समेत वितरण गरेको छ ।
कपडा वितरण गरिएका मानिसहरूबाट अति विपन्नहरू छानेर ५० परिवारलाई चामल, दाल, तेल, चना, सोयाविन, नुन र साबुन जस्ता सामग्रीहरू पनि संस्थाले वितरण गरेको छ ।
आफूहरूलाई दुःख परेको बेलामा यसरी कपडा र खाद्यान्न सहायता पाउँदा आफूहरूलाई बल्ल चाडबाड सुरु भएको जस्तो लागेको यस कार्यक्रमका लाभान्वित हरू बताउँछन् ।
Frizzey Greif आफ्नो संस्था rizzey Light Association मार्फत २०७२ सालको भूकम्प पश्चात नेपालका सबै जसो जिल्लामा पुगेर दशौं हजार परिवारलाई राहत वितरण गर्ने, दुर्गम गाउँका विद्यालय भवन निर्माण गर्ने जस्ता धेरै परोपकारी कामहरू पनि गर्दै आएका छन् ।