नेपाली पौडीको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता

नेपाली पौडीको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता

लोकसंवाद संवाददाता  |  खेलकुद  |  कार्तिक २२, २०८०

काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका वर्ल्ड एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसल्लमले नेपाल जस्तो विकासोन्मुख देशहरुको खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

नेपाल पौडी संघको आयोजनामा ललितपुरमा आयोजित  एक कार्यक्रममा उहाँले नेपाली पौडीको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले विश्व एक्वेटिक्सले नेपालको पौडी खेलको विकासमा सक्दो सहयोग गर्ने बताउनुभयो।

पछिल्लो समय वर्ल्ड एक्वेटिक्सको प्राथमिकताहरु परिर्वतन भएको बताउँदै उहाँले अब नेपाल जस्ता विकासोन्मुख देशहरुका खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो  ।

उहाँले आफुहरुले नेपालको पौडी खेललाई नजिकबाट नियालेको बताउदै आफ्नो नेपाल भ्रमण नेपालको खेल क्षेत्रको विकासका लागि प्रतिबद्धता जनाउन कै लागि भएको बताउनुभयो । उहाँले प्रशिक्षक उत्पादन तथा भौतिक संरचना निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो  ।

उहाँले पौडीलाई विद्यालय शिक्षाकै रुपमा विकसित गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो अर्को भ्रमणमा नेपालको पौडी खेलमा केही परिर्वतन देख्न चाहेको बताउनुभयो ।

कार्यक्रममा पौडी एसोसियसनका महासचिव जगतमान श्रेष्ठले हुसेनको नेपाल भ्रमणका लागि धन्यवाद दिदैँ नेपालमा पौडी क्षेत्रको विकासमा उहाँको आगमनले थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।