हाइलाइफ ब्राण्डका नेपाली उत्पादन अब अष्ट्रेलियामा बिक्री वितरण हुने

हाइलाइफ ब्राण्डका नेपाली उत्पादन अब अष्ट्रेलियामा बिक्री वितरण हुने

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक २३, २०८०

काठमाडौं । हाइलाइफ ब्राण्डका नेपाली उत्पादन अष्ट्रेलियामा बिक्री वितरण हुने भएको छ । हाइलाइफ एग्रो एण्ड फुड इन्डष्ट्रिज लिमिटेडले अष्ट्रेलियाको लागि आफ्नो आधिकारिक बिक्रेतामा निलगिरी ग्रुपलाई नियुक्त गरेको छ । निलगिरी ग्रुपका हेड अफ सेल्स एण्ड इन्टरनेशनल सोर्सिङ सचिन पोखरेलको उपस्थितिमा सम्झौता गरिएको हो ।
निलगिरी आधिकारिक बिक्रेता नियुक्त भएसँगै हाइलाइफका नेपाली उत्पादन अष्ट्रेलियामा निर्यात सुरु भएको छ ।

हाइलाइफका उत्पादनहरु नेपालमा लोकप्रिय बन्न सफल छन् । अब अष्ट्रेलियामा पनि हाइलाइफका प्रडक्ट धेरैको रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ । ‘अष्ट्रेलियामा धेरै नेपालीहरु बसोबास गर्ने भएकाले नेपाली प्रडक्टले अझ बढी माया पाउनेमा हामी विश्वस्त छौं,’ निलगिरी ग्रुपका लागि नेपालका कन्ट्री म्यानेजर अञ्जु बरालले भनिन् । हाइलाइफ नेपाली बजारमा एफएमसिजी प्रडक्ट बिक्री वितरण गर्दै आइरहेको प्रशिद्ध ब्राण्ड हो । हाइलाइफका सबै प्रडक्टहरु स्वस्थकर रहेको कम्पनीले जनाएको छ । हाइलाइफले नेपाली बजारमा एफएमसिजी ब्राण्डमा आक्रामक रुपमा बजार बिस्तार गर्न सफल छ । देशव्यापी नेटवर्क मार्फत हाइलाइफका प्रडक्ट बिक्री हुँदै आइरहेको छ ।

हाइलाइफ ब्राण्डका चिउरा, कर्नफ्लेक्स, ओट्स, चिया सिड्स, सोयाविन, ग्रीन टि लगायतका प्रडक्ट बजारमा लोकप्रिय छन् । कम्पनीले चिजबल लगायतका स्न्याक्सहरु पनि बजारमा उपलब्ध गराइसकेको छ । स्न्याक्सका प्रडक्टमा पनि बजारबाट राम्रो प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।

निलगिरीले पहिलो चरणमा अष्ट्रेलियाका लागि हाइलाइफका उत्पादन निर्यात गरिसकेको छ । आगामी दिनमा त्यहाँको आवश्यकता अनुसार निर्यात गर्ने बरालले जानकारी दिइन् । ‘नेपाली ब्राण्ड निर्यात हुँदा देशको व्यापार घाटा घटाउन योगदान पुग्छ र नेपाली प्रडक्ट विदेशमा पुग्नेछ,’ उनले भनिन् ।