पुराण र संस्कृत साहित्यमा लेखिएका कुरा पत्याउन प्रमाण चाहिन्छ र ?

फर्कलान् र ती दिनहरु—१८६

पुराण र संस्कृत साहित्यमा लेखिएका कुरा पत्याउन प्रमाण चाहिन्छ र ?

लोकसंवाद संवाददाता  |  साहित्य  |  कार्तिक २५, २०८०

पौरस्त्य साहित्य भनौँ या पौरस्त्य मनीषीहरुको सृजनात्मक कल्पना शील रचना भनौँ,  जे भने पनि त्यसमा रहेका कल्पनाशीलतालाई आज प्रमाणित गर्ने चुनौती दिइन्छ । जस्तो कि मत्स्यावतारको वयानमा भनिएको माछाको आकार, माछाले बोलेर दिएको विवरण र यो मर्त्यालोक पानी नै पानी भएको अवस्था या  प्रलयको अवस्थालाई कसले कसरी प्रमाणित गर्न सक्छ र ? केही वर्ष पहिले नेपालको तत्कालीन पूर्वाञ्चलमा यति पानी परेको थियो कि सप्तकोशी सप्तरी र सुनसरीमा प्रवेश गरेर जताततै पानी नै पानी भयो ।

बच्चा पानीमा डुबेर मरेको दुःखद अवस्था भयो तर बालकलाई गाड्न ठाउँ पाइएन र बालकको पिताले रुँदै बालकलाई जल समाधि दिएको दर्दनाक कथा समाचारको रुपमा आएको थियो । सायद त्यो अवस्था राजविराजको वरिपरिको कथा थियो, समाचार थियो ।आज त्यो कथा त्यही प्रलयको बेलामा  सर्वत्र पानी नै पानी भएको कथा जस्तै हुने छ। 
पौरस्त्य साहित्यमा, कथामा रचिएका पुराणहरूले या आख्यानहरूले, कथाहरूले प्रकृतिको वयान गरेका छन् । फरक यति हो कि प्रतीकात्मक रुपमा प्रकृतिलाई ईश्वरको दर्जामा राखिएको छ । समयको गणना यसरी गरिएको थियो कि आज पनि त्यसैको आधारमा ज्योतिष शास्त्रको गणना गरिएको छ ।

समयको आधारका तीनवटा देवताको भागमा संसारको सृष्टि, पालना र संहारक जिम्मा लगाइएको पाइन्छ । सृष्टिको लागि ब्रह्मा, पालनका लागि विष्णु र सम्हारका लागि शिवजीको जिम्मा लगाइएको छ । अनि भनिएको छ, यी तीन  देवता एउटै हुन्, यीनमा कुनै भेद नदेखियोस्, नदेखाइयोस् । यदि भेद देखाइएमा पाप लाग्नेछ । अनि पाकको रुपमा मानिएका विष्णुको अवतार हुन्छ बारम्बार । कहिले मत्स्यावतार, कहिले कूर्मावतार  त कहिले वराहावतार ।

जब सृष्टिमा फरक फरक अवस्था आउँछ र समस्यामा सृष्टिको अवस्था पर्न थाल्छ अनि तत्कालका लागि अवतार हुन्छ । जस्तो कि परशुरामको जन्म कहिले भयो भन्ने कुरामा पुराणहरू खासै बोल्दैनन् तर उनको कर्तव्यलाई भने समयावधिमा देखाइएको छ र उनको अवतारको अवस्थामा या बेलामा नै कहिले अयोध्याका राजकुमारका रुपमा श्रीरामचन्द्रको अवतार भएको छ, कहिले वसुदेव पुत्रको रुपमा श्रीकृष्णको अवतार भएर तत्कालका लागि पृथ्वीको भार हरण गर्ने गुरुत्तम जिम्मा आफ्नो काँधमा लिएको पाइन्छ । तत्कालीन अवस्थामा कार्तवीर्यका सन्तानको उद्दण्डताबाट संसारलाई बचाउन बन्चरो बोकी बोकी हिँड्ने रामको उत्पत्ति गरिएको बुझ्न सकिन्छ परशुरामको रुपमा । 

अवतार किन हुन्छ त ? यसको उत्तरमा श्रीकृष्णले अर्जुनलाई भनिएको भनेर महाभारतको भीष्म पर्वमा या  श्रीमद्भगवत गीताको रुपमा भनेर परिभाषित गरिएको ठाउँमा स्पष्ट भनिएको छ, धर्म संरक्षणका लागि म यस पृथ्वीमा युग युगमा आइरहन्छु , अर्थात् अवतरण भइरहन्छु । धर्मको परिभाषा पहिले अहिलेको जस्तो संकीर्ण थिएन, त्यो बेलामा धर्म भनेको संस्कारको कुरा थियो, मानवले गर्नैपर्ने कामको विवरणलाई धर्मको नाम दिइएको थियो र दण्ड भनेको पापलाई देखाइएको थियो । 

अठार पुराणको अन्त्यमा अट्ठाइसौँ वेदव्यास कृष्ण द्वैपायनले सम्पूर्ण पुराणको सारको रुपमा भने-अठार पुराणमा मेरो वचन दुईवटा कुरामा मात्र केन्द्रित छ, परोपकार पुण्य हो, परपीडन नै पाप हो । मानव धर्म भनेको पुण्य हो । समाजमा गर्नैपर्ने भनेर तोकिएको कर्म नै धर्मको पालना हो जसमा मानवताका रक्षा गरिनु पर्छ । सुर र असुर प्रवृत्ति देखिन्थ्यो । सुरको कर्तव्य र  असुरको कर्तव्यहरूमा स्पष्ट मार्ग निर्देशन थियो । महाऋषि कश्यपका पत्नीहरु दिति र अदितिहरूका सन्तान नै दैत्य र अदैत्यहरु हुन् ।

प्रजापति ब्रह्माले सृष्टिका लागि आफ्ना मानस पुत्र कश्यपलाई खटाए र उनको विवाह दक्ष प्रजापतिका छोरीहरूसँग गराएका थिए । त्यसो त दिति र अदिति भनेका दिदी बहिनीबाट जन्मिएका  सन्तान नै देवता र अदेवताका रुपमा संसारमा फैलिएका हुन् । 

त्यसो त पहिला पहिला अन्य प्रकाशनबाट पनि छापिएका थिए रे !, तर ती सबै कालान्तरमा आफैँ या त इतिहासको गर्भमा बिलाए , या त कुनै पुस्तकालयमा कतै थन्किएर रहे अनि फेरि नयाँ नयाँ संस्करण छापिएनन् , यदि छापिएका थिए भने पनि महङ्गो रकममा मात्र किन्न  सकिने भयो । या त ती पुस्तकहरुमा टीका संस्कृतमा नै लेखिएका थिए ।

मैले सबै पुराणहरूको रसास्वादन गर्न भ्याएको छैन । त्यसको मुख्य कारण हो , संस्कृत भाषा मेरो भाषिक पहुँचमा छैन । मैले संस्कृतको कविताहरूको सिधा अर्थ बुझिदिन तर हिन्दी, नेपाली या थोरै थोरै अंग्रेजी अनुवादबाट बुझ्नु पर्ने हुन्छ । अझ पुराणहरूका लागि असल स्रोत भनेको गीता प्रेस गोरखपुरबाट प्रकाशित पुस्तकहरु नै हुन् । त्यसको कारण हो, ती सुलभ पनि छन्, सस्ता पनि छन् र नेपालका पुस्तक पसलहरुमा पाइने पनि छन् ।

त्यसो त पहिला पहिला अन्य प्रकाशनबाट पनि छापिएका थिए रे !, तर ती सबै कालान्तरमा आफैँ या त इतिहासको गर्भमा बिलाए , या त कुनै पुस्तकालयमा कतै थन्किएर रहे अनि फेरि नयाँ नयाँ संस्करण छापिएनन् , यदि छापिएका थिए भने पनि महङ्गो रकममा मात्र किन्न  सकिने भयो । या त ती पुस्तकहरुमा टीका संस्कृतमा नै लेखिएका थिए ।

नेपाल ठुलो बजार नभएकाले सायद ती पुस्तकहरु नेपालमा ढुवानी गर्न पनि महङ्गो भयो । जुन प्राप्त छन्, ती महङ्गा नै छन् । झन नेपालमा छापिएका त धेरै महङ्गा छन् । यता केही समयदेखि नेपालमा वेद, पुराणका केही संस्करणहरु छापिएका पाइन्छन् तर धेरै महङ्गा छन् । जस्तो गीता प्रेसका पुस्तकहरुको मूल्य नेपाली ५०० या कमी नै छ ।

मानौँ  कुनै पुस्तकको नेपाली संस्करणको मूल्य १२०० ? छ भने त्यसैको भारतीय गीता प्रेसको तर्फबाट नेपालमा आएको नेपाली संस्करण या हिन्दी संस्करणको मूल्य बढीमा ४०० या ५०० रुपैया छ होला । अहिलेको मूल्यमा श्रीमद्भागवतको संस्कृत मूलसहितको हिन्दी या नेपाली अनुवादको २ भागको मूल्य ८०० भारु छ । नेपालीमा लेखिएको श्रीमद्भागवत सायद त्यति नै मूल्यमा नेपाली प्रकाशकहरूले उपलब्ध गराउन सकेका छन्  जस्तो लागेन । 

संस्कृतमा जतिसुकै राम्रा कुराहरु, कल्पनाशील सामग्रीहरु होलान् तर पहुँचमा सहजता नभएकाले र भाषाको जटिलताले पनि त्यो साहित्यको स्वादको मज्जा नेपाली पाठकहरुले  पाउन सकेका छैनन् र त्यसमा भएका कुराहरुको वैज्ञानिकता र व्याभरिकताको पुष्टि गर्ने कामको अनुसन्धान गर्नेभन्दा त्यसको विरोध गरेमा पाप लाग्ने कुरामा बढी जोड दिइएको पाइन्छ । 

अब मेरो आफ्नो विचारमा साहित्यको स्वाद त कल्पनाले कति तान्न सक्छ भन्ने एकातिर हो भने अर्कोतिर कल्पनाले या सत्य घटनाको विवरणले कति सत्यको नजिक पुर्‍याउन सक्छ भन्ने हो । कल्पना या सत्य घटनाले यदि जीवनको पाटोलाई उद्घाटन गर्न सक्यो भने साहित्यको  सफलता त्यही हो , साहित्यकार हुने उसको गुण पनि त्यही हो । उसले कति पुरस्कार पायो भन्ने भन्दा  उसले जीवनलाई कति जीवन्तता प्रदान गर्न सक्यो भन्ने हो । संस्कृत साहित्यले जीवनलाई प्रतीकात्मक रुपमा धर्मको पक्षमा उभ्याएको पाइन्छ किनभने पुराणहरूले धर्मको ठाउँ आजको संविधान या ऐनको रुपमा मानिएको हो । 

यहाँ मेरो एउटा कथा छ, जसले कति जीवनको नयाँ पाटोलाई शब्दमा अनुवाद गर्न सक्यो , हेरौँ है त । 

कथा
मेरो अतीत
१.मैले बिहे पनि गरिन । एक्लै छु भन्ने भान तर कसैलाई पनि छैन । सबै भन्छन्-यसले बिहे त गरेकै होला तर भन्दैन । साँच्चै बिहे त गरेको छैन जस्तो कि अरुले बाजा बजाएर र घरमा देखाएर राख्छन् पत्नीको रुपमा । एकदिन बाबाले भन्नुभएको थियो-  ए जेठा, तैँले बिहे पनि नगर्ने भइस् , अनि मेरो जेठो छोरोको अपुताली पो पार्ने भइस् । अनि मैले सम्झेँ-बाबाले किन यसो भन्नु भएको होला ? भाइ बहिनीहरूका सन्तान त छँदै- बाबाले किन यसो भन्नु भएको होला रु भाइ बहिनीहरूका सन्तान त छँदैछन् । तर त्यो शब्दले भने मलाई धेरै दिनसम्म पछ्याई रह्यो ।

२. मेरो काठमाडौँमा आउँदाको अवस्था कस्तो थियो भने अहिले त्यो सम्झँदा कसरी ती दिन चले होलान् भन्ने कल्पना गर्छु । सुत्ने कोठामा नै जोडिएका दुईवटा बाथरुम, अहिले नुहाउन पनि तातो पानी, चिसो पानी, अरुको बैठकभन्दा मेरो बाथरुम अझ सुग्घर र सफा छ । सुतूँ सुतूँ जस्तो छ । तपाईँहरु सामान्य मानिसहरुले कहिल्यै नदेखेको सुविधा छ कल्पना गर्छु । तपाईँहरु सामान्य मानिसहरुले कहिल्यै नदेखेको सुविधा छ । जुन मेरो कल्पनामा पनि थिएन । सोलारको बत्ती छ घर भरि । अर्थात् मेरो घरमा कहिल्यै बत्ती निभ्दैन ।

एउटा निभ्यौ भने अर्को स्वतः बल्छ । तर म एक्लो छु घरमा । खाना खाने पनि म एक्लो छु । पकाउने छन् । सबै सुविधा छ । भनेँ नि , सबै सुविधा छन्  । तर विवाहित पत्नीको कमी बाबाले देख्नुहुन्छ । मेरो अर्बौंको सम्पत्ति छ । साँच्चै भनौँ भने अहिले कति मूल्य बराबरीको सम्पत्ति छ भन्ने मलाई खासै थाहा छैन । सपत्ति छ, समाजमा आदर छ , पद छ साँसद नै भनौँ न । मन्त्री हुने  लालसा त छ तर सम्पत्ति घोषणा गर्दा कसरी गर्ने भन्ने मेरो चिन्तालाई सायद बुझेर होला, मन्त्री हुने चाँजो मिलेको छैन । मेरो चलाख्याइँ बढी हुँदा विपक्षी तर्फ पो परेँ छु । 
३.मेरो अतीत सबैलाई थाहा छ । तर मेरो अघिल्तिर सबै नै प्रशंसा गर्छन् र भन्छन्—तपाईँ त कर्मवीर हो । मलाई नै थाहा छ म कति कर्मवीर , कति धर्म वीर र कति मौका वीर हुँ । मलाई मैले ढाँट्न नसक्ने भएकाले होला, म आफैँले आफ्नो जब मूल्याङ्कन गर्न थाल्छु र आफ्ना अतीततिर घुम्न थाल्छु आफैँ प्रति डाहा लाग्छ, घृणा लाग्छ र लाग्छ यो जीवन किन सहज नबनाएर क्लिष्ट बनाएँ, झन झन भासमा जाकिएको जस्तो लाग्छ । 
४. न म मेरो अतीत बदल्न सक्छु, न म अहिलेको वर्तमानमा आफूलाई जस्ताको तस्तै देखाउन सक्छु । बाहिरको आवरणलाई न फाल्न सक्छु , न यही आवरण बोकेर बाँच्न नै सक्छु । म आफैँ जन्जालमा जेलिएको छु । रातभर निद्रा पनि लाग्दैन र मात्र यही जन्जालको जन्जिरभित्र नै जकडिएको पाउँछु । सबैलाई मेरो असली चरित्र थाहा छ र पनि मलाई महान देखाउँछन् । म पनि त्यही कृत्रिम महानतालाई पछ्याएर पछिपछि लाग्न बाध्य छु ।
५. या त यो सबै बिर्सन म साँच्चै विस्मृतिमा लाग्नुपर्छ , या त मैले यो सबै छोडेर पहिलेकै आनन्द जीवनमा फर्कनु पर्छ । दुवै कुरा सम्भव छैन । सबै कुरा भएर पनि छैन भन्नु परेको छ र सबै छैन भन्दाभन्दै पनि छ भन्ने कुराको साक्षी म आफैँ आफ्नै लागि बस्नु परेको छ । 
६.सत्य कति कठोर हुन्छ तर कति लुकाउन सक्नुपर्छ भन्ने कुराको जिउँदो साक्षी भएर म सबै कुरामा व्यस्त भएर हिँडेको छु । अतीतका यी डोबहरु कति निर्मम छन् तर मायालु बनेर अँगाल्नु परेको कथा मेरै हो । 
७. मेरो कथा सुन्नु भयो , पढ्नु भयो र सत्यसँग साक्षात्कार गर्न नसक्ने म जस्तो लाछिको आडम्बरको नयाँ साक्षी बन्नुभयो । धन्यवाद । 
क्रमशः