तुलसी सिवाकोटीको ‘चटपटेको ठेला‘ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

तुलसी सिवाकोटीको ‘चटपटेको ठेला‘ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  कार्तिक २५, २०८०

यूरोप । लामो समयदेखि यूरोपलाई कर्मथलो बनाएर नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गायक  तुलसी सिवाकोटीको ‘ चटपटेको ठेला‘  बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ । 

नेपाली संगीत बजारमा एउटा अलग पहिचान बनाएका गायक हुन् तुलसी सिवाकोटी बिगत १२ बर्ष देखि यूरोपमा बसोबास गर्दै आएका सिवाकोटी यूरोप लगायत विदेशको नेपाली संगीतमा एउटा चिरपरिचित नाम हो प्राय बिदेशमा हुने हरेक कार्यक्रममा उनको प्रस्तुति रहने गरेको छ। परदेशको काम व्यस्तता परिवार अनि संगीतलाई एकैसाथ साथमा लैजानु निकै चुनौती हुन्छ। त्यसको बाबजुत नेपाली संगीत बजारमा अलग्गै पहिचान बनाउन सफल गायक सिवाकोटी ले नयाँ गित चटपटेको ठेला सार्बजनिक गरेका छन् । रबिन स्वप्निल गिरीको शब्द रहेको गीतको संगीतरएरेन्जररमिक्सरमास्टर दिपकराज विश्वकर्माले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमील रुपमा गीतमा प्रस्तुत गरिएको छ ।

निशाल पौडेलको छायाँकन तथा विकास दाहालको सम्पादन रहेको गीतको निर्देशन अनुभवी निर्देशक युवराज वाइबाले गरेका हुन् । प्रेमी प्रेमीकाबिचको रोमान्टिक दृश्यहरुलाई निर्देशक वाइबाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । भिडियोमा सरोज प्रजा र उषा उप्रेतीको अभिनय रहेको छ । जसको कोरियोग्राफी प्रमोद के भण्डारीले  गरेका हुन् । प्रेम र समपर्णलाई आम दर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता गणेश प्रसाईले बताए ।

‘चटपटेको ठेला‘ गीतको पुरा भिडियो यहाँ  क्लिक गरेर हेर्न सकिन्छ ।