देशप्रतिको जिम्मेवारी

देशप्रतिको जिम्मेवारी

लोकसंवाद संवाददाता  |  साहित्य  |  कार्तिक २५, २०८०

राजतन्त्रको छहारीमा
पालित–पोषित एकीकरण हुँदै 
यो विशाल मुलुक एसियामा उभियो । 
विशाल मुलुकको संरक्षण
पृथ्वीनारायण शाह हुँदै 
यो मुलुकले पूर्णता पायो । 
म गर्ववोध गर्छु । 
कुनै बेला भनिन्थ्यो 
न्याय–निसाफ नपाए गोर्खा जानु, 
ती शब्दहरू पिँढी दर पिँढी 
झन्–झन् ओजस्विताका साथ 
हामी माझ गुज्जिरहेका छन् । 

मेरो देश यसबेला 
अमेरिका र भारतको लुट खसौट क्षेत्र भएको छ । 
दिन दहाडै मेरो देश पराधिनतामा बेरिदै छ । 
मेरो देशको शासन व्यवस्था गन्हाउँदै छ । 
प्रधानमन्त्री र राष्ट्रपति
अदालतको मानमर्दन गरिरहेका छन् ।
हत्यारासँग नौनी पैँचो खाएर 
देशमा अराजकता मच्चाइ रहेका छन् । 
माओवादीको भेषमा 
देश खाओवादीलाई सुम्पि रहेका छन् । 
देश माथिको घात–घात कोपरी रहेका छन् । 

नेपाली काँग्रेसका बुख्याँचा शेरबहादुरहरू 
नेकपा एमालेका ओली बाहरू
हजारौँ देशभक्त नेपालीका हत्यारा प्रचण्डहरू 
सिआइए अनि ‘रअ’ बाट उत्पादित माओवादीहरू 
देश सिध्याउने खेलमा लागि परेका छन् । 
मेरो देशको वैभवता 
प्राकृतिक प्रदत्त युरेनियम 
अमेरिका र भारतलाई सुपुर्दगी गरिरहेका छन् । 
विभिन्न पार्टीका झोले नेताहरूलाई 
अरब–खरब बुझाएर 
लुटको धन्दा चलाइरहेका छन् । 

देश यसबेला
माओवादी 
एमाले 
नेपाली काँग्रेस 
देशद्रोही हरकतबाट चुर्लुम डुबेको छ । 
देश अशान्त छ । 
देशमा यसबेला शासनको तार जोडिएको छ । 
संसारमा यसबेला कतै नचलेको शासन 
यसबेला सिआइए र ‘रअ’ द्वारा निर्मित 
माओवादी पार्टीले देश हाँकिरहेको छ । 
भ्रष्टाचार, लुट, खसौट
शासन, व्यवस्था चरम धाँधलीले आक्रन्त छ । 
देश यसबेला झन् झन् निम्छरो भएको छ
देश यसबेला निरीहतामा बाँची रहेको छ । 
मेरो देशको पहिचान
कठै यसबेला धुजा–धुजा भएको छ । 
दिन दहाडै भारतीय नागरिकका हुलका हुल बाँधेर
नेपाली नागरिकता
डकैती शैलीमा बाँडिदै छ । 
प्रचण्डको देशद्रोही शैलीका रुप देखिँदै छ । 
उत्फाको धन फुपूको श्राद्ध जस्तै 
भारतीहरूलाई युद्धस्तरमा नेपाली बनाइँदै छ । 
लाखौँको तदारुकतामा 
मेरो देशलाई यसबेला
घाइते बनाएर थला पारिएको छ । 
यी सबै मलोमतोमा
स्वार्थको साटासाटमा
देशलाई सिक्किमकरण गरिदै छ । 
मेरो देश यसबेला
मर्ने र बाँच्ने दोसाँधमा पुर्‍याइएको छ । 

देशभक्तहरू हो !
देशका अस्मिता उठाउन
देशद्रोहीको चंगुलबाट फुत्काउन
देशभक्त हो आउ युद्धस्तरमा गोलबन्द हौ । 
देशको अस्तित्वको शिर उठाउन 
आउ फेरि हातेमालो गरौ 
हाम्रो मुलुक
हाम्रो धरोहर 
हाम्रो वैभवता 
हाम्रो संस्कृति धरोहर 
संरक्षण- सम्वर्द्धन हाम्रो काँधमा आएको छ । 
आउ हातेमालो गरौ । 
आफ्नो- आफ्नो ठाउँबाट उठौँ । 
देशद्रोहीका विरुद्ध हातेमालो गर्दै उठौँ । 
ऐतिहासिक धरोहर मेरो देश बचाउन
पृथ्वीनारायण शाहप्रति नतमस्तक हुँदै उठौँ ।

 
स्वतन्त्रता सेनानी, २०७४
आपगाछी, तरहरा, इटहरी 
२०८० कार्तिक २२