सुध्ने क्षमतामा मृत्युको राज !

सुध्ने क्षमतामा मृत्युको राज !

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २३, २०७६

काठमाडौं । मानिसको मृत्युको राज उसको सुध्ने क्षमतामा रहेको पाइएको छ ।

प्रोफेसर होन्गलेई चेनको टिमले हालै गरेको एक शोधबाट यो रहस्य पत्ता लगाएको हो । शोधले सुध्ने क्षमता ५० प्रतिशतभन्दा बढी खराब भएका वृद्ध मानिस १० वर्षभन्दा बढी नबाच्ने देखाएको छ ।

प्रोफेसर चेनको टिमले गरेकाे शोधमा अमेरिकाको नेसनल इन्स्च्यिुट अन एजिन्गको तथ्यांक प्रयोग गरेको थियो । शोधका क्रममा उक्त टिमले ७१ देखि ८२ वर्ष उमेरका लगभग २३ सय मानिसको स्वास्थ्य तथ्यांकको समीक्षा गरेको थियो ।

शोधकर्ताले मानिसको सुध्ने क्षमताका आधारमा राम्रो, सामान्य तथा खराब गरी तीन श्रेणीमा राखेको थियो ।

शोधका क्रममा सुध्ने क्षमता ४६ प्रतिशत खराब भएका वृद्ध १० वर्षसम्म र ३० प्रतिशत खराब भएका वृद्ध १३ वर्षसम्म जीवित रहने बताइएको थियो ।

प्रोफेसर होन्गलेई चेनका अनुसार वृद्ध मानिसमा सुध्ने क्षमतामा कमी आउनु सामान्य हो । र, यसको सम्बन्ध मृत्युसँग हुन्छ ।

शोधका अनुसार यदि कुनै वृद्ध मानिसको सुध्ने क्षमता प्रभावित हुन्छ भने उसलाई स्वास्थ्यसम्बन्धी समस्या हुन सक्छ । त्यसकारण सुध्ने क्षमतामा समस्या देखिए चिकित्सकसँग परामर्श लिन प्रोफेसर चेनले सुझाएका छन् ।

शोधमा पत्ता लागेको तथ्य ‘एनल्स अफ इन्टरनेसनल मेडिसिन’ प्रकाशित गरिएको छ ।

यो समाचार जेएनएनबाट साभार गरिएको हो ।