संगीतकार दिनेश ‘काजी’ बान्तावाको ‘यो मन मेरो दोमन भो’ नामक भिडियो सार्वजानिक (भिडियो सहित)

संगीतकार दिनेश ‘काजी’ बान्तावाको ‘यो मन मेरो दोमन भो’ नामक भिडियो सार्वजानिक (भिडियो सहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर ३, २०८०

काठमाडौँ । संगीतकार दिनेश ‘काजी’ बान्तावा संगीतबद्द ‘यो मन मेरो दोमन भो’ बोलको गीतको भिडियो सार्वजानिक भएको छ ।

किसन राई अफिसियलबाट सार्वजनिक गरिएको उक्त गीतलाई बरिष्ठ संचारकर्मी अमर धोज लामाले लेखेका छन् भने गीतको एरेन्ज, मिक्सिङ्ग एबं माष्टरिङ्ग देबेश राईले गरेका छन् । सेवा रेकर्डिङमा रेकर्ड गरिएको उक्त गीतको म्यूजिक भिडियोमा चर्चित मोडल एलिसा राईले मुख्य कास्ट कलाकारको रुपमा अभिनय गरेका छन् भने कलाकारहरु निर्मल कुमार लामा (बिजी), मन्जित वाइबा, अन्जन मोक्तान कान्छा र स्वयम् गायक किसन राई समेतले अभिनय गरेका छन् ।

डोल्मोको सौन्दर्यता र जीवनशैलीलाई मन पराउने भिन्न भिन्न उमेर समुहका युवाहरुको डोल्मोप्रतिको आकर्षणलाई भिडियोको बिषय बस्तु बनाइएको छ । भिडियो भित्रको कथाको अन्त्य भने अप्रत्यासित बनाइएको उक्त भिडियोलाई भिमफेदी गाईजका निर्मल कुमार लामा(बिजी)ले निर्देशन गरेका छन् भने भिडियोको सिनेमाटोग्राफी, भिडियो सम्पादन तथा कलरिङ्ग पवन सुस्लिङ्गले गरेका छन् ।

संगीतकार दिनेश ‘काजी’ बान्तावाद्वारा संगीतबद्द ‘हुरुक्कै भए म’, ‘गर्मी भयो धरान’, ‘मेरो मुटु भन्छौ मलाई’, ‘मार्यो सुड्डोले’ आदि गीतहरु चर्चित छन् ।

‘यो मन मेरो दोमन भो’ नामक भिडियो यहाँ क्लिक गरेर हेर्न सकिन्छ