विश्वका दुई धनाढ्यले रेष्टुरेन्टमा काम गरेपछि

विश्वका दुई धनाढ्यले रेष्टुरेन्टमा काम गरेपछि

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २३, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकाको ओमाहा स्थित आइसक्रीम तथा फास्ट फूड रेष्टुरेन्ट डेरी क्वीनमा मंगलबार एउटा रमाइलो तथा पत्याउनै नसकिने दृष्य देखियो ।

विश्वका चर्चित दुई धनाढ्य बिल गेट्स तथा वारेन बफेट डेरी क्वीन रेष्टुरेन्टमा कामदारको रुपमा देखापरे ।

उनीहरु दुबै जनाले काम गर्ने समयमा लगाउने औपचारिक पोशाक लगाएर ग्राहकलाई आइसक्रिम तथा मिल्क शेक बाँडिरहेका थिए । 

उनीहरु ग्राहकसँग जिस्कँदै सेवा गरिरहेको भिडियोमा देखिन्छ ।

उक्त भिडियो बिल गेट्सले मंगलबार सामाजिक संजालमा पोष्ट गरेपछि भाइरल भएको थियो । 

बिल गेट्सले जिस्कँदै,  म भन्दा छिटो बफेटले मिल्क शेक बनाउन सिके भनेर ग्राहकलाइृ भनिरहेकाे भिडियाेमा देखिन्छ ।