'डिशहोम सुपरस्टार-हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' अन्तर्गत यो हप्ता दश लाखको मेगास्टार घोषणा हुँदै

'डिशहोम सुपरस्टार-हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' अन्तर्गत यो हप्ता दश लाखको मेगास्टार घोषणा हुँदै

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर ६, २०८०

ललितपुर ।'डिशहोम सुपरस्टार–हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार योजना अन्तर्गत आगामी हप्ता डिशहोम मेगास्टारको घोषणा हुँदै छ ।

लक्की ड्र मार्फत २०८० मङ्सिर ११ गते, सोमबार डिशहोम मेगास्टारको छनौट हुनेछ । असोज १, २०८० देखि मङ्सिर ११, २०८० दिउँसो १२ बजे सम्म डिशहोम रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्नुहुने ग्राहकहरू यो योजनामा सहभागी हुन सक्नुहुनेछ ।

यस अभियानका बम्पर विजयी ग्राहक सिजन कै मेगास्टार बनी नगद  दश लाख, मिडियामा फेमश र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव गर्ने मौका पाउनुहुनेछ ।

यस अघि हरेक हप्ता सुपरस्टार बनी नगद रु एक लाख जित्ने डिशहोमका ९ भाग्यशाली ग्राहकहरूको घोषणा गरिसकिएको छ । अब यो योजनाको अन्तिममा मेगास्टार बनी नगद  दश लाख जित्ने मौका आएको छ । मङ्सिर ११ गतेसम्म डिटिएच रिचार्ज तथा नयाँ कनेक्सन जडान गरी यो योजनामा सहभागी हुन सकिनेछ ।  

डिशहोम मेगास्टारको लक्की ड्र छनोटको प्रत्यक्ष प्रसारण इमेज च्यानल, डिशहोम सोकेस, रमाइलो टिभी, सरोकार टिभी,  र डिशहोमको आधिकारिक फेसबुक पेजमा साँझ पाँच बजे गरिनेछ ।