महारानीलाई दिएको उपहार बिर्सिएपछि

महारानीलाई दिएको उपहार बिर्सिएपछि

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २३, २०७६

काठमाडौं, एजेन्सी । हाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनकी पत्नी मेलानिया तीन दिने बेलायत भ्रमणमा रहेका छन् । 

सोमवार र्बिंकघम प्यालेसमा महारानी एलिजाबेथसँग राष्ट्रपतिको दर्शन भेट भयो । भेटका अवसरमा महारानी एलिजाबेथले एउटा घोडाको मूर्ति देखाउँदै ट्रम्पसँग सोधिन, यो के हो तपाईँलाई याद छ ?

ट्रम्प भने  महारानीको यो प्रश्न पछि अलमलिए तर स्थितिलाई सम्हाल्दै पत्नी मेलानियाले भनिन्, मेरो हिसाबमा यो त्यही उपहार हो जो हामीले गतवर्ष महारानीलाई भ्रमणका दौरान उपहार दिएका थियौं ।

जुलाई २०१८ मा  बेलायत भ्रमणका क्रममा ट्रम्पले उक्त उपहार महारानीलाई दिएका थिए । 

तर यसपछि सोशल मिडियामा ट्रम्पको मजाक उडाउने क्रम जारी  छ । सोशल मिडियामा एक जनाले लेखेका छन् यो अमेरिकी करदाताको कमाई हो यसलाई जरुरी चिजमा लगाउन पाए राम्रो हुन्थ्यो ।