गजल

गजल

गीता  अधिकारी  |  साहित्य  |  मंसिर ९, २०८०

सकिने छ जब जवानी खुब याद आउने छ
यो हातको सिरानी  खुब याद आउने छ ।।

मलम हुँदैन पैसा, दिल त्यो दुःखको पलमा
प्रेमिल यो जिन्दगानी खुब याद आउने छ ।।

जाने बखत तिमी यो तस्बिर लिएर जाऊ 
म प्रेमको हुँ खानी खुब याद आउने छ ।।

भन्यौ निवास छैन, यो दिल दिएँ खुसीले
दिलको गर्‍यौ फँडानी खुब याद आउने छ ।।

प्रथम थियौ तिमी यो, दिलमा बसेको मान्छे 
बन्ने भयो कहानी खुब याद आउने छ ।।