डिशहोम फाइबर नेटको सानदार १२ महिने योजना अफर सार्वजनिक

डिशहोम फाइबर नेटको सानदार १२ महिने योजना अफर सार्वजनिक

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर ११, २०८०

काठमाडौँ । डिशहोम फाइबर नेट कम्पनीले हालसालै सार्वजनिक गरेको इन्टरनेटका विभिन्न वार्षिक योजनाहरुमा भारी छुट रहेको छ । यस अफर अन्तर्गत अब नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज मात्र ६ हजार ६ स ८५( भ्याट बाहेक) मा जडान गर्न सक्ने छन' । साथै ग्राहकले वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी (डुअल ब्यान्ड) राउटर पनि सितैमा पाउने कम्पनीले जनाएको छ ।  यस अघि यही ५० एमबीपीएसको वार्षिक प्याकेजको ७हजार ७ सय ९९पर्ने गरेको डिशहोमले जनाएको छ ।  

यो सानदार १२ महिने योजना अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएस सम्मका प्याकेजहरु जडान गर्न सक्नेछन् । 

जसमा ग्राहकहरुले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएस सम्मको वार्षिक प्याकेज जडान गर्दा फाइभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउनेछन् ।  

यस् अघि कम्पनीले जारी गरेको फेस्टिभ २४ महिने अफरलाई भने निरन्तरता दिने जनाएको छ । ५० एमबीपीएसको २४ महिने अफरको मुल्य रु १०,४९९र( ९भ्याट बाहेक० पर्ने रहेको छ ।  

थप जानकारीको लागि आफू नजिकैको डिशहोम फाइबरनेट डिलर दाइ वा आज नै ०१–५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ ।