साउदी अरब पठाइदिन्छु भनी रकम ठगी गर्ने ईब्राहिम मिया पक्राउ

साउदी अरब पठाइदिन्छु भनी रकम ठगी गर्ने ईब्राहिम मिया पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  मंसिर १२, २०८०

काठमाडौँ । साउदी अरब पठाइदिन्छु भनी रकम ठगी गर्ने ईब्राहिम मियालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन, काठमाडौंले  पक्राउ गरेको जनाएको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारी अनुसार  नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर  भई हाल जिल्ला काठमाडौँ    सिनामंगल बस्ने बर्ष ५८ को ईब्राहिम मियाले जमाल अहमद फकिरलाई वैदेशिक रोजगारीको लागि साउदी अरब  पठाइदिन्छु, आकर्षक तलब हुन्छ भनि विश्वास दिलाई प्रलोभनमा पारी निज पिडित बाट रकम लिई सम्पर्क बिहीन बसेको भनी उजुर परेकाे थियो । 

साेही उजुरीका आधारमा  उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले निज ईब्राहिम मियालाई  यहि मंसिर १०  जिल्ला काठमाडौँ  सिनामंगलबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा बुझाईएको जनाइएको छ ।