‘भारत’को ओपनिङ कलेक्सन दमदार, सबैभन्दा बढी ओपनिङ कलेक्सन गर्ने सूचीमा तेस्रो

‘भारत’को ओपनिङ कलेक्सन दमदार, सबैभन्दा बढी ओपनिङ कलेक्सन गर्ने सूचीमा तेस्रो

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  जेठ २३, २०७६


नयाँ दिल्ली । सलमान खान अभिनित फिल्म ‘भारत’ले दमदार ओपनिङ कलेक्सन गरेको छ । इदको अवसर पारी बुधबार रिलिज भएको फिल्मले पहिलो दिन ४२.३० करोड भारू कलेक्सन गरेको हाे, जुन बलिउडको तेस्रो सबैभन्दा बढी ओपनिङ कलेक्सन हो ।

यसको पहिलो नम्बरमा अमिर खानको फिल्म ‘ठग्स अफ हिन्दूस्थान’ छ । सो फिल्मले ओपनिङमा ५२.२५ करोड कमाएको थियो । यसको दोस्रो स्थानमा छ, साहरुख खानको फिल्म ‘ह्याप्पी न्यु इयर’ । उक्त फिल्मको ओपनिङ कलेक्सन ४४.९७ करोड थियो ।

‘भारत’प्रति राम्रो रिभ्यु र सलमानप्रति दर्शकको प्रेमका कारण ‘भारत’ले ओपनिङ कलेक्सन राम्रो भएको जानकारको बुझाइ छ ।

चालू वर्षको अहिलेसम्म सबैभन्दा बढी ओपनिङ कलेक्सन गर्ने फिल्मको सूचीमा भने ‘भारत’ पहिलो नम्बरमा छ । यसको सूचीमा ‘कंलक’ दोस्रो, ‘केसरी’ तेस्रो, ‘गलीब्वाई’ चौथो र ‘टोटल धमाल’ पाँचौ स्थानमा छन् ।

कुन फिल्मको कति ओपनिङ कलेक्सन ?

भारत- ४२.३० करोड

कलंक- २१.६० करोड

केसरी- २१.०६ करोड

गलीब्वाई- १९.४० करोड

टोटल धमाल- १६.५० करोड