पोर्चुगल पठाइदिन्छु भनी रकम लिने बुद्ध पंचकोटी वैदेशिक रोजगार विभागकाे नियन्त्रणमा

पोर्चुगल पठाइदिन्छु भनी रकम लिने बुद्ध पंचकोटी  वैदेशिक रोजगार विभागकाे नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  अपराध  |  मंसिर १२, २०८०

काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्ने  बुद्ध पंचकोटीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन, काठमाडौंले  पक्राउ गरेको जनाएको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारी अनुसार   झापा दमक  घर भई हाल  ललितपुर महालक्ष्मी स्थित सानागाउँ बस्ने बर्ष ४५ की  बुद्ध पंचकोटीले सागर लामिछानेलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु। १५ पन्ध्र लाख रुपैयाँ  लाग्छ, पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा  काम लगाइदिन्छु, मासिक  १ एक लाख २०,हजार रुपैयाँ  तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज लामिछानेबाट पटकपटक गरी जम्मा ७ सात लाख ५ हजार रुपैयाँ  रकम लिई सम्पर्क विहीन भई ठगी गरेकाे भनी उजुरी परेको थियो । 

साेही उजुरीका आधारमा  उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले निज बुद्ध पंचकोटीलाई यही मंसिर १० गते काठमाडौँको टोखाबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा बझाएको समेत उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुझाईएको जनाएको छ ।