राज कुमार तामाङ वैदेशिक रोजगार विभाग ताहाचलको नियन्त्रणमा

राज कुमार तामाङ वैदेशिक रोजगार विभाग ताहाचलको नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १२, २०८०

काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्ने   राज कुमार तामाङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन, काठमाडौंले  पक्राउ गरेको जनाएको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारी अनुसार  सिन्धुपाल्चोक बाह्रबिसे  घर भई हाल का।जि गोर्णेश्वर  बस्ने वर्ष ४४ को राज कुमार तामाङले लंक बहादुर शाहीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु त्यसको लागि  १० लाख  रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा  काम लगाइ दिनुका साथै  मासिक १ लाख रुपैयाँ  तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज लंक बहादुर शाहीबाट पटकपटक गरी जम्मा रु १ लाख  रुपैयाँ  रकम लिई सम्पर्क विहीन भई ठगी गरेको ठगी गरेकाे भनी उजुरी परेको थियो । 

साेही उजुरीका आधारमा  उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले निज राज कुमार तामाङलाई काठमाण्डौं गोकर्णेश्वरबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग  ताहाचलमा बझाएको समेत उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुझाईएको जनाएको छ ।