भारतीय नागरिक हामित खानस्रोत नखुलेको १५ लाख ८४ हजार रूपैयाँसहित प्रहरी नियन्त्रणमा

भारतीय नागरिक हामित खानस्रोत नखुलेको १५ लाख ८४ हजार रूपैयाँसहित प्रहरी नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १२, २०८०

काठमाडौं । भारतीय नागरिक हामित खानस्रोत नखुलेको १५ लाख ८४ हजार रूपैयाँसहित  नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । 

नेपाल प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रूपैयाँसहित काठमाडौं सतुङगल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खानलाई आइतबार राति नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा।प्र०२(१७ प ९७५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको र 
 प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको समेत जनाएको  छ ।