कार्यकारी अध्यक्ष अधिकारीको बदमासी: प्रधानमन्त्रीको चाकडी गर्दा ३१ यात्रु विमानस्थलमा अलपत्र

कार्यकारी अध्यक्ष अधिकारीको बदमासी: प्रधानमन्त्रीको चाकडी गर्दा ३१ यात्रु विमानस्थलमा अलपत्र

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १५, २०८०

काठमाडौं । भनिन्छ, कुकुरलाई धेरै माया गर्‍यो भने उसको पहिलो काम मालिकको मुख चाट्छ । नेपाल एयरलाइन्समा त्यसकै चरितार्थ  बुधवार राति पनि भएको पाइएको छ ।

राजनीतिक र प्रशासनिक नेतृत्वले  नेपाल एयरलाइन्सलाई गिजोल्ने  बदनामी शृङ्खला अझ रोकिएका छैनन् र रोकिने वाला पनि छैन् ।  गौरवमय इतिहासको जगमा उभिएको राष्ट्रिय ध्वजावाहक ‘नेपाल एयरलाइन्स’ अनेकौँ बदनामीको  श्रृङ्खलाले  बुधवार राति पनि निरन्तरता पाएको छ। विगतमा पनि नेपाल एयरलाइन्सले  लौडा र धमिजाजस्ता बदनामीका अनेकौँ काण्डहरूमा श्रेष्ठता कायम गर्दै आएको छ । 

बुधवार राति  ‘नेपाल एयरलाइन्स’ को बदनामी र बदमासीमा कार्यकारी अध्यक्ष युवराज अधिकारीले गरेका छन् । सन्दर्भ हो प्रधानमन्त्री राष्ट्रिय ध्वजावाहकमार्फत कोप–२८ मा सहभागी हुन दुबई जाने तालिका थियो । तर, प्रधानमन्त्रीसँगै  ‘नेपाल एयरलाइन्स’ को बदनामी र बदमासीलाई निरन्तरता दिँदै  कार्यकारी अध्यक्ष युवराज अधिकारी पनि सँगै उडे । यो उडानमा कार्यकारी अध्यक्ष अधिकारी प्रधानमन्त्रीसँगै जानुपर्ने कुनै कारण थिएन । तर, चरम भ्रष्ट छवि बनाएका अधिकारी प्रधानमन्त्री प्रचण्डको चाकडी गर्न अवसरका रुपमा उपयोग गर्न  सँगै उडे । 

 चाकडी कै लागि कार्यकारी अध्यक्ष युवराज अधिकारी बदनामी र बदमासी  कतिसम्म भने प्रधानमन्त्रीसँग  उडेका मात्र होइनन  बैदेशिक रोजगारीका लागि दुबई जान लागेका ३१ जना यात्रु तथा युवालाई विमानस्थलमै अलपत्र पार्न समेत सफल भएका छन् । यसरी अलपत्र पर्नामा कार्यकारी अध्यक्ष युवराज अधिकारी निर्देशन मुख्य दोषी रहेको पाइएको छ । अधिकारीकै निर्देशनमा जहाज निर्धारित समयभन्दा दुई घण्टा पहिले नै उडेको थियो ।

कार्यकारी अध्यक्ष युवराज अधिकारीले पछिल्लो समयमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स  राजनीतिक र प्रशासनिक नेतृत्वले बदनामीको सिकार हुन पुगेको छ । छन् । तालुकदार  मन्त्रालय हो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संरक्षणमा सबै खालका हरकतले निरन्तरता पाइरहेका छन् ।  

मोटो रकम बुझाएकै भरमा राजनीतिक नेतृत्वलाई प्रभावमा पार्दै आएका अधिकारीले पछिल्लो समय पनि पैसा बुझाएरै लुट धन्दा चलाइरहेका छन् । अधिकारीले चलाएको लुट तन्त्रमा तालुक मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्दा खासै छानविनको दायरमा ल्याउन नसकेको अवस्था छ । 

अधिकारीले प्रचण्डको चाकडी गर्न दुई घण्टा पहिले जहाज उडाएका हुन् । तर, बदनामी भने प्रधानमन्त्री र ध्वजावाहक जहाजले कमाएको छ । ‘प्रधानमन्त्रीका कारण अन्य यात्रु छोडेर पहिले नै जहाज उठाइयो’ भन्दै प्रधानमन्त्रीको समेत व्यापक आलोचना भएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका  अनुसार प्रधानमन्त्रीलाई उक्त उडान अगाडि सारिएको बारे जानकारी गराइएको थिएन । त्यस कारण वायुसेवा निगमले तय गरेकै टिकटको समयमा प्रधानमन्त्री विमानस्थल पुगेका थिए । दुबई पुगेपछि सर्वत्र आलोचना भएको थाहा पाएपछि प्रधानमन्त्रीले कार्यकारी अध्यक्ष अधिकारीलाई किन यस्तो गरियो ? भन्दै प्रश्न गरेको स्रोतले बताएको छ । उनले ‘त्यस्तो केही भएको छैन’ भन्दै पानी माथिको ओभानो हुने कोशिस गरिरहेका प्राप्त समाचारमा उल्लेख छ । 

नेपाल एयरलाइन्स स्रोतका अनुसार कार्यकारी अध्यक्ष अधिकारीकै जोडमा उक्त उडान दुई घण्टा अगाडि सारिएको हो । उडान अगाडि सार्दा पर्ने असुविधाबारे पूर्व जानकारी गराउने विषयमा निगममा छलफल भए पनि अधिकारीले नै ‘आवश्यक छैन’ भन्दै रोकेका समेत निगम स्रोतले उल्लेख गरेको छ । त्यस कारण टिकट काटेर विमानस्थल पुगेका यात्रुलाई  अलपत्र हुन बाध्य पारिएको थियो । 

करोड रकम बुझाएर कार्यकारी अध्यक्ष नियुक्त भएका अधिकारी निगम बाटै लाखौँ कमाउने खेलमा राजनीतिक संरक्षण खोजी गर्ने क्रममा यो सबै हरकत गरेकाे भनी निगम भित्र खैलाबैला मच्चिएको छ ।  उनले हरेक कामबाट कमिसन लिएर लुट च्याइरहेको सार्वजनिक सञ्चार माध्यममा प्रकाशित–प्रसारित समाचारले पुष्टि हुँदा पनि टसको मस नगरी बसेका छन र राजनीतिक संरक्षण सबै काम फत्ते गर्न चाहान्छन्  । 

मोटो रकम बुझाएकै भरमा राजनीतिक नेतृत्वलाई प्रभावमा पार्दै आएका अधिकारीले पछिल्लो समय पनि पैसा बुझाएरै लुट धन्दा चलाइरहेका छन् । अधिकारीले चलाएको लुट तन्त्रमा तालुक मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्दा खासै छानविनको दायरमा ल्याउन नसकेको अवस्था छ । 

लामो समयदेखि भ्रष्टाचारको अखडा बनेको वायुसेवा निगम अधिकारीको नेतृत्वमा झनै लुटिएको छ ।वायुसेवा निगमको विकासका लागि सबैभन्दा पहिला अधिकारी जस्ता भ्रष्टहरूलाई कारबाही गरिनुपर्छ । सँगै, नेपाल एयरलाइन्सलाई भ्रष्टाचार गर्ने थलो बनाएका राजनीतिक नेतृत्वलाई पनि कारबाही गरिनु पर्छ । अनि मात्र वायुसेवा निगमको उन्नति हुन्छ ।