एमालेको झुलाघाट-चिवाभञ्ज्याङ् यात्रा : सरकार र कार्यकर्ता नार्ने जमर्को

एमालेको झुलाघाट-चिवाभञ्ज्याङ् यात्रा : सरकार र कार्यकर्ता नार्ने जमर्को

डिल्ली बि.सी.  |  दृष्टिकोण  |  मंसिर १५, २०८०

नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभञ्ज्याङ्ः समृद्धिका लागि सङ्कल्प यात्रा’ जनभेला तथा भेटघाट, कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल, किसानसँग अन्तक्र्रिया, कृषि वैज्ञानिकसँग संवाद, विकास कार्यको अवलोकन र नमूना काम गरिरहेका उद्यमीहरूसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझाव सङ्कलन गर्न १४ मंसिर देखि १ पुससम्म हुने एमाले आज झुलाघाटमा सुभारम्भ कार्यक्रममा सार्वजनिक गरेको छ । यसका साथै एमालले यो अभियानमा ५० लाख मानिससँग साक्षात्कार गर्ने योजना पनि बनाएको छ ।

नेपालको राजनीति इतिहासमा धेरै प्रकारका राजनीतिक अभियान, जागरण यात्रा, युद्ध र आन्दोलन भएका छन् । तर यसरी देशकै शासन संचालन गरेर पोख्त भएको राजनीतिक दल अझ भन्दा पूर्वप्रधानमन्त्री पूर्वमन्त्री सरकारी उच्च वहदामा बसेका व्यक्तिहरु सहितको देशका २६ जिल्लामा १८ सय किलोमिटरको राजनीतिक, सामाजिक, साँस्कृतिक र जीवनशैलीसँग अन्तरघुलन गर्ने योजनाका साथ सुरुवात भएको यात्रा चानचुने महत्वकाङ्क्षाको यात्रा हैन । यो यात्रा भौगोलिक विविधता, मौसमी प्रतिकुलता, प्राकृतिक विपदको आलोघाउ र आर्थिक आयव्यय शुन्य जस्तै रहेको समयमा यो अभियान संचालन गर्नु महत्वकांक्षी लक्ष्य प्राप्तिका लागि फलामका चिउरा चपाए जस्तै हो ।

वर्तमान सक्तिका कारण र विगतका पनि केही कारण अहिले समाज विभाजित अवस्थामा छ । समाजमा कसैले कसैको विचारलाई विश्वास गर्ने अवस्था छैन । सत्य वाचन र विश्वासको खडेरी परिरहेको अवस्थामा जिम्मेवारी राजनीतिक दलको यो अभियानको अति महत्वपूर्ण अर्थ रहन्छ । के देशका शासकको कार्यशैलीले देश डुप्नै लागेको हो । त्यसोभए जनभावनालाई वितृष्णाबाट बचाउन राजनीतिक सचेतना अनिवार्य छ । कि देशको राजनीतिक प्रणाली पूर्ण व्याख्या गर्नु पर्ने अवस्था आएको छ, यसका लागि जन आवाजको खाँचो भएर हो । देशका गर्व गर्न लायक विकास योजनाको खोजी गर्ने हो । जनता राजनीतिक र प्रणालीका बारेमा सचेत छन तर पनि किन साक्षात्कार गर्नु पर्ने यी यस्ता कयौं सवाल छन् । यी सवालको छरपष्ट रुपमा उत्तर आएपनि सायद एमालेको पुस १ गतेको अभियान मैझारोको दिन कार्य र उपलब्धिको सार्वजनिक गर्दछ होला । तर यो अभियान आफैमा एक एतिहासिक र राजनीतिक वृत्तको बहुचर्चित पक्कै हो नै । आम नागरिक र राजनीतिक दलका लागि यो महत्वपूर्ण सिकाइ र भोगाइ पनि हुने छ ।

हुन त एमालेले यस भन्दा पहिले तराई मधेशमा मेची महाकाली राष्ट्रिय अभियान २०७३ फागुन २० गते देखि १५ दिने अभियान संचालन गरेको थियो । सो अभियान झापाको काँकडभिट्टाबाट सुरु गरेर गड्डाचौकसम्म पुगेको थियो । अभियानमा ३३ स्थानमा आमसभा तथा साँस्कृतिक कार्यक्रम पनि परेको थियो । त्यस अभियानको मुल नारा थियो, ‘संविधानको कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान : राष्ट्रिय एकता र सामाजिक सद्भावको लागि मेची महाकाली अभियान’ जुन अभियानको साइत थियो ‘सुखानीका शहिद दिवस’ । अभियान सुरु भएपछि सप्तरीमा तीन दिन स्थगित गर्नु परेको थियो । यसको प्रमुख कारण तराइ केन्द्रित राजनीतिक दललाई सो अभियान आफु प्रतिकुल हुने ठम्याई थियो । सुरक्षाका हिसावले तत्कालिन समयमा तराई क्षेत्रमा एमालेका लागि चुनौती थियो । यी र यस्तै अभियानका कारण आज एमाले प्रति तराई क्षेत्रमा नाम चलेका र हिजो एमाले विरुद्ध दाम र दण्ड भेद गर्न प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नेहरु आज एमालेको केन्द्रीय तहको निर्णय गर्ने स्थानमा छन् । उनीहरु केन्द्रीय नेतृत्वसँग प्रत्यक्ष भलाकुसारी र माग दावी गर्ने अवस्थामा समेत रहेका छन् ।

विधान व्यक्तिले निर्माण गर्ने र व्यक्तिले व्याख्या गर्ने हैन । यो नियमले बन्छ । यसकारण एमालेजन राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृति परिवर्तनका लागि ठूलो पाठशाला हुन यहाँ सबैले एकै प्रकृया पार गर्नु पर्छ । रुप, रंग, भुगोल, नाता यस्ता सबै सम्बन्ध भन्दा पनि को सिद्धान्त, विधि, प्रकृयाबाट कति नारिएको छ । त्यसका आधारमा उसले अवसरको भागिदार र कर्तव्यको पुरा गर्नु पर्ने हुन्छ । 

परिणाम मध्येमा एमाले पछिल्लो निर्वाचनमा १७ स्थानमा उम्मेदवार बनाएकोमा ९ स्थान आफ्ना संघीय सांसद निर्वाचित बनाएको छ । निर्वाचनको साझेदार मधेस केन्द्रित जसपाले १७ स्थानमा एमालेसँग साझेदार गरेकोमा ७ स्थानमा मात्रै निर्वाचित भएको छ । यो पनि अभियानसँग तारतम्य राख्ने कथीय तथ्य हुनसक्छ । साविकको सुदूर र मध्यपश्चिमका २४ जिल्लामा एमालेले पछिल्लो निर्वाचनमा हिमाली सहित मध्यपहाडी क्षेत्रमा २ वटा मात्रै संघीय सांसद प्युठान र बैतडीमा मात्रै निर्वाचित भएको छन् ।  कुनै बेला कर्णाली लालकिल्ला भएको हाल शुन्य छ । के यो अभियानले त्यो भरणपोषण गर्ने छ । यो पनि सबैको जिज्ञासाको विषय हो । यसका लागि त्यस क्षेत्रको रहनसहन, राजनीतिक शक्ति सन्तुलनको अवस्था, विकासलाई राजनीतिक एजेन्डासँगको अन्तरघुलन गर्ने, निम्छरो पश्चिमको पहुँचलाई च्यासलले स्पर्श कसरी गर्दछ भन्ने पनि यसको सवाल हो ।

यसका साथै पश्चिम क्षेत्रमा एमाले वृत्तमा रहेको आन्तरिक खिचातानी सुषुप्त ज्वालामुखी रुपलाई यो अभियानले श्रुति मधुर बनाउन सक्ला त ? यावत् चुनौतीकाबीच यो अभियानमा जोकोही जहाँसुकैका कार्यकर्तालाई केवल सिँगार पटार गरी उतार्ने  भन्दा पनि 'कार्यकर्तालाई नार्ने' कार्य गर्न  सके  नेताको दक्षता मात्र होइन अभियानले सार्थकता पाउने छ । 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा भव्य समारोहबीच राष्ट्रिय झण्डा झन्डोत्तोलन गरी ‘झुलाघाट–चिवाभञ्ज्याङ् समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ गर्नुभयो । लोकमार्ग यात्राले देशको नीति निर्माणमा चिन्तन मनन गर्न र स्थलगत अध्ययन तथा छलफल गर्न मद्दत पुग्ने विश्वास सार्वजनिक रुपमा व्यक्त गर्नु भयो । 

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने उद्‍घोषका साथ १४ गतेबाट शुरू भएको करिब तीन साता लामो यो यात्रा व्यवस्थापन गर्दै टुंगोमा पुर्‍याउँदा सम्म एमाले जनको कुशल संगठन कार्यशैलीले सफल होला तर जुन उदेश्यका साथ अभियान संचालन गरिएको त्यो उदेश्य प्राप्तिका लागि संकलित सूचना सार्वजनिक गर्नु पर्ने अभियानको दल एमालेलाई बाध्यकारी छ भने नागरिक सुन्न आतुर हुने छन् । हुनत अभियानका क्रममा सामाजिक सञ्जाल र आमसञ्चारका माध्यमबाट नागरिक सूचित हुने छन् तर गतवर्ष मात्रै एमालेले सम्पन्न गरेको मिसन ग्रास रुट जस्तै गरी तथ्य पूर्ण सत्य बाहिर ल्याउनु यो अभियानका मुख्य कर्ताका लागि मुख्य कार्य पनि हो ।

सरकार अवाक् : प्रमुख राजनीतिक शक्ति मात्रै नभएर सशक्त विपक्ष दलले यति ठूलो मात्रामा समय अवधिका हिसावले निकै लामो समय र यात्रा रुपरेखाका हिसावले हालसम्म सबैभन्दा लामो दुरीको यो यात्राका बारेमा सरकारले कुनै प्रतिकृया दिएको छैन् । प्रधानमन्त्री र विपक्ष दलका नेताको हैसियतले दुबै नेताबीच अभियान सुरुवात गर्न भन्दा दुई दिन अघि संवाद भयो तर खास विषयवस्तु बाहिर आएको छैन् । राजनीतिक दलको यो यात्रा शासन संचालनका लागि सुरक्षा, व्यवस्थापन, एजेण्डाका हिसावले चुनौतीपूर्ण हो तर सरकार बेखबर भएको जस्तो छ ।

भवितव्य बाहेक यात्रा राजनीतिक हो, यो शान्तिपूर्ण हो तर पूर्वमा एमाले नेता माथी भौतिक रुपमा आक्रमण भईरहेको जग जाहेर छ । किन सरकार मौन छ । के सरकारका लागि यो जिम्मेवारी हैन । के सरकारले यस अभियानलाई केवल विपक्षको विरोध वा विपक्षको सत्ता विरोधी कार्य हो भनेर बुझ्नु कमजोरी हुँदैन । हुनसक्छ सरकार आन्तरिक तयारीका साथ होला तर यदि अभियानका कही कतै अवरोध हुने र त्यसको प्रतिरोधमा अभियान कर्ता जुट्दा सरकार कसको पक्षको वकालत गर्दछ । किन कि अभियानको अवरोधक यो वा त्यो रुपमा सरकारी दल वा सोसँग सम्बन्धी र व्यवस्था विरोधी स्वरहरु नै यस्ता राजनीतिक कार्यक्रमका विरोधी हुन्छ । यो सामान्य तथ्यको व्यवस्था गर्न सकिएन भने त्यो ठूलो भुल हुने छ । त्यसको प्रतिफल मध्येको मेची महाकाली अभियानको प्रतिफल एमाले बलियो शक्ति भए जस्तै पनि हुन सक्छ र त्यो हालका सत्तापक्ष दलका लागि निम्छरो हुने छ । 

यसर्थले यसरी सुरु गरेको राजनीतिक, सामाजिक, साँस्कृतिक र सरकार विरोधी जन सूचित अभियानको व्यवस्थापन सरकारका तर्फबाट पनि हुन अति अनिवार्य छ । यदि समयमा यो गर्न सकिएन सही रुपमा अभियान सञ्चालन हुने वातावरण बनेन भने (बाधा अवरोध आएको अवस्थामा) त्यसको क्षति सरकारले बेहोर्नु पर्दछ । यसका लागि सरकार राजनीतिक एजेण्डा सहितका राजनीतिक दलका कार्यक्रमको वातावरण निर्माण गर्नु पर्ने बाध्यकारी अवस्थाबाट अहिले पछि हट्ला तर भवितव्य भयो भने काँचुली नर्फेदै ओलप्पीयको सर्प जस्तै हुनु पर्दछ । सरकार केवल सरकारका लागि लागि मात्रै छ । सरकार देखिने, सुनिने र अनुभुति गर्ने कार्यका पक्षमात छैन नै तर सहपाठी दलले पनि रुपैयाँका छैनन् । उनीहरु भित्रको आलोपालोले सकसमा छन् । 

एमालेलाई बलियो संगठनका लागि कार्यकर्ता नार्नु पर्नेः एमाले आफुलाई जहिले पनि कार्यकर्तामा आधारित पार्टी बनाउन चाहन्छ । हालसम्म उसको पहिचान पनि यसैमा छ । यसलाई कहिकतै व्यक्तिलाई प्रधान बनाएका घटना भएपनि यसले संस्थागत रुपमा संगठनलाई प्राथमिकता दिने गरेको छ । यो व्यक्तिमा आधारित भन्दा पनि जबज सिद्धान्तबाट मार्ग दर्शित भएको पार्टी हो । व्यक्तिको बारेमा हरेक पाँच वर्षका चिन्तन मनन र चुन्ने चुनिने गर्दछन् तर हरेक पाँच वर्षमा जबजलाई बलियो र निखारता ल्याउदै व्यवहारिक प्रयोगमा ल्याउन हरपल एमालेजनहरु जुटिरहेका छन् ।

स्पातिला, तथ्यका आधारमा तर्क गर्ने, विधिका आधारमा विद्यमानमा व्यवहार गर्ने, जनपक्षीय कार्यका लागि जीवन अर्पण गर्न सक्ने र निजी जीवन भन्दा पनि सार्वजनिक हितका लागि जीवन यापन गरेको इतिहास एमाले जनमा छ । सोही कुरामा नयाँ नेता कार्यकर्ता हिँडाउन र ढुलमुलिएकालाई पूर्नताजकीका लागि पनि यो अभियान सुयोग्य हुनेछ । जन जनका मनका कुरा सुन्ने, उनीहरुको भोगाइको दुरुस्त अवलोकन गर्ने र आगमी अवसरका कसरी जनहितका लागि कार्ययोजना निर्माण गर्ने र व्यवहारमा उतार्ने भन्नका  पनि यो अभियानको क्रियाकलाप हो । यस्ता सवालको जवाफ र कार्यकर्तालाई पार्टीका सवालमा निखारता ल्याउन कार्यकर्तालाई नार्ने अवसर पनि हो । यो अवसर निर्माणका लागि भएका सबै पहल कदमहरूले एमाले सत्ता मोह मात्रै हैन यो जन सामिप्यताबाट टाढा हुनसक्दैन भन्ने प्रमाण हो । त्यसका लागि यो अभियान एमाले जनका लागि युगयुग महत्वको विषय हो । 

जबसम्म नेता कार्यकर्तामा सिद्धान्त अनुसारको व्यवहार र व्यवहार निर्माणका लागि अभियान गरिदैन तबसम्म कार्यकर्ता जनहितका लागि भन्दा पनि मन हितका लागि हुन्छन । एमालेको यो अभियानबाट केवल एमालेका लागि मात्रै हैन अन्य दलका लागि पनि पाठशाला भएको छ । नेताका लागि त झनै ठूलो पाठशाला हो । कसरी कार्यकर्ता परिचालन गर्न सकिन्छ भन्ने विश्व राजनीतिक वृत्तमा यो उदाहरणीय कार्य पनि हो । किन भने पार्टी ठूला होलान् तर यस प्रकारका निस्वार्थ भावका अभियान देशभित्र र बाहिरका अन्य पार्टी सञ्चालन गर्ने योजना समेत बनाउँदैनन् । किनकी उनीहरुको विधि व्यक्तिमा हुन्छ भने एमालेको विधि विधानमा हुन्छ विधान सबै भन्दा माथी हुन्छ । विधान व्यक्तिले निर्माण गर्ने र व्यक्तिले व्याख्या गर्ने हैन । यो नियमले बन्छ । यसकारण एमालेजन राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृति परिवर्तनका लागि ठूलो पाठशाला हुन यहाँ सबैले एकै प्रकृया पार गर्नु पर्छ । रुप, रंग, भुगोल, नाता यस्ता सबै सम्बन्ध भन्दा पनि को सिद्धान्त, विधि, प्रकृयाबाट कति नारिएको छ । त्यसका आधारमा उसले अवसरको भागिदार र कर्तव्यको पुरा गर्नु पर्ने हुन्छ ।