मिशन-८४: समृद्ध सुदुरपश्चिमका लागि एमालेका १६ बुँदे आश्वासन

मिशन-८४: समृद्ध सुदुरपश्चिमका लागि एमालेका १६ बुँदे आश्वासन

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १७, २०८०

काठमाडौँ। मिशन-८४ भन्दै चर वर्ष पछिको  चुनाव लक्षित  मध्य पहाडी पुष्पलाल लोकमार्ग झुलाघाट-चिवाभञ्याङ:समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा सुदुरपश्चिम केन्द्रीत  १६ वटा आयोजना /परियोजनाहरू सार्वजनिक गर्दै नेकपा (एमाले) को बहुमतको सरकारका लागि मत मागेको छ । 

नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले आफ्नो  फेसबुकमा  मार्फत् १६ बुँदे फोस्रो आश्वासन बाँड्दै उल्लेखित १६ आयोजना /परियोजनाहरू सुदुरपश्चीमलाई भौतिक एवम् मानवीय विकासका दृष्टिले देशकै अग्रणी प्रदेशमा रूपान्तरण गर्न नेकपा (एमाले)को बहुमतको सरकार आवश्यक रहेको उल्लेख छ । 

उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले  यस उद्देश्य हासिल गर्न अधि सारिएको मिशन-८४ लाई सुदुरपश्चिमका स्वाभिमानी मतदाताको बलियो साथ प्राप्त हुनेछ भन्ने सन्देश झुलाघाटऔचिवाभञ्याङ स् समृद्धिका लागि सङ्कल्प यात्राको प्रारम्भमै प्राप्त भएको समेत उल्लेख छ ।

झुलाघाट-चिवा भञ्याङ:समृद्धिका लागि सङ्कल्प यात्रामा पहिचान गरिएका सुदुरपश्चिम प्रदेशको विकासमा निर्णायक महत्व राख्ने आयोजना /परियोजनाहरू

 (१) महाकाली कोरिडोर सडक सम्पन्न गर्न
(२) मध्य पहाडी पुष्पलाल राजमार्ग (झुलाघाट ( गोठाला पानी-पाटन-अमरगढी-दीपायल-साँफेबगर-मङ्गलसेन- बेलखेत) आवश्यक ठाउँमा एलायनमेण्ट परिवर्तन र सुरूङ एवम्  भायडक प्रविधिको प्रयोग गरी दुरी घटाउन र द्रुतमार्गमा स्तरोन्नती गर्न
(३) अत्तरीयाबाट अमरगढी जाने सडक, खोड्पेबाट चैनपुर जाने सड्क, सतबाँझबाट दार्चुलाको खलङ्गा जाने सड्क, साँफे बगरबाट मार्तडी जाने सडकलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नती गर्न
(४) सेती लोकमार्ग (बौनिया-साफेबगर-चैनपुर-उरईनाका) निर्माण गर्न
(५) खुटिया-दिपयल सडक  तिब्र गतिमा निर्माण गर्न
(६)महाकाली नदीको झुलाधाट र दार्चुला खलङ्गा लगायत आवश्यक ठाउँमा मोटरेवल पुल निर्माण गर्न
(७) नेपालको राष्ट्रिय हित अनुरूप पञ्चेश्वर वहुउद्देश्यीय परियोजना निर्माण गर्न
(८) पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्न
(९) सुदुरपश्चिम विश्वविद्यालयलाई भौतिक पूर्वाधार, दक्ष जनशक्ति र शैक्षिक गुस्तरका दृष्टिले आधुनिक र स्तरीय बनाउन
(१०) बडीमालिका, शैलेश्वरी, उग्रतारा, निगला शैनी, मालिकार्जुन, त्रिपुरासुन्दरी, खप्तड, रामारोशन, घोडाघोडी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र अपि, शैपाल जस्ता हिम श्रीङ्खला लगायत धार्मिक एवम् पर्यटकीय स्थलहरूलाई आकर्षक गन्तव्यमा विकशित गर्न
(११) दोधारा(चाँदनीको सुख्खा बन्दरगाह सम्पन्न गर्न
(१२) गड्डचौकीदेखि कर्णाली चिसापानी सम्मको पूर्व-पश्चिम राजमार्गलाई ६ लेनको एक्सप्रेस सेवामा स्तरोन्नतरोन्नती गर्न
(१३) हुलाकी सडकको बाँकी काम सम्पन्न गर्न
(१४) गेटा मेडिकल कलेज लगायत शिक्षा व स्वास्थ्य क्षेत्रका आवश्यक पूर्वाधार निर्माण निर्माण सम्पन्न गर्न
(१५) देशकै सर्वाधिक महत्वपूर्ण कर्णाली चिसापानी वहुउद्देश्यीय परियोजनाको निर्माणकार्य आरम्भ गर्न र
(१६) सुदुरपश्चिमका भौतिक एवम् मानवीय विकासका दृष्टिले देशकै अग्रणी प्रदेशमा रूपान्तरण गर्न