डिशहोमले धनगढीका आनसिंह बोहरालाई नगद एक लाख पुरस्कार रकम हस्तान्तरण

डिशहोमले धनगढीका आनसिंह बोहरालाई नगद एक लाख  पुरस्कार रकम हस्तान्तरण

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर १९, २०८०

ललितपुर। 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजना अन्तर्गत धनगढिका आनसिंह बोहराले जित्नुभएको पुरस्कार रकम हस्तान्तरण  गरिएको डिशहोमले जनाएको  छ ।

एक कार्यक्रमको आयोजना गरि गुरुङलाई डिश मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले नगद एक लाख हस्तान्तरण गर्नुभएको छ । २०८० कार्तिक २० गते सोमवार भएको लक्की ड्र मार्फत धनगढिका आनसिंह बोहराले नगद  एक लाख जित्नुभएको हो ।

डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना 'हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार'  सार्वजनिक गरेको थियो । डिशहोमले उत्साहजनक रुपमा यो योजनाको लाभ उठाई रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्नुहुने हाम्रो आदरणीय ग्राहकहरु लाई हार्दिक धन्यवाद साथै हरेक हप्ता नगद एक लाख जित्न सफल हुनु भएको सम्पुर्ण विजेता लाई हार्दिक बधाई समेत दिएको छ । निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरु ल्याउने छ जसवाट हाम्रा ग्राहकहरुले लाभ उठाउने विश्वास कम्पनीले लिएको डिशहोमले जनाएको  छ ।