रिहाना बनिन् विश्वकै सबैभन्दा धनी महिला गायिका

रिहाना बनिन् विश्वकै सबैभन्दा धनी महिला गायिका

लोकसंवाद संवाददाता  |  विदेश  |  जेठ २३, २०७६

नयाँ दिल्ली । रिहाना विश्वकै धनी महिला गायिका बनेकी छन् । ‘फोब्स’ म्याग्जिनले हालै प्रकाशित गरेको विश्वका धनी महिला गायिकाको सूचीमा रिहानालाई पहिलो स्थानमा राखेको हो ।

मिडिया एजेन्सीका अनुसार रिहाना करिब ६०० मिलियन डलर सम्पत्ति छ । उनले आफ्नो सम्पत्तिको अधिकांश हिस्सा फेसन ब्रान्ड कम्पनीबाट कमाएकी हुन् ।

उनले सन् २०१७ देखि ‘फेन्टी’ नामक फेसन कम्पनी चलाइरहेकी छन् । त्यसयता उनले यो कम्पनीबाट करिब ५७० मिलियन डलर कमाएकी छन् ।

गत मेमा फ्रान्सको प्रसिद्ध ब्रान्ड कम्पनी एलभिएमएचले रिहानाको ब्रान्ड प्रवद्र्धन गर्ने बताएको थियो ।

रिहानाका अलावा विश्वका धनी गायिकाको सूचीमा दोस्रोमा मडोना छन् ।

यो खबर एजेन्सीको सहयोगमा तयार पारिएको हो ।