'मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोग'  विषयक विचार गोष्ठी सम्पन्न

'मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोग'  विषयक विचार गोष्ठी सम्पन्न

लोकसंवाद संवाददाता  |  साहित्य  |  मंसिर २०, २०८०

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल साहित्य मन्दिरद्वारा संयुक्त रूपमा  'मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोग'  नामक कार्य पत्रसहित विचार गोष्ठीको आयोजना  प्रतिष्ठानको देवकोटा सभाकक्षमा  प्रज्ञा-प्रतिष्ठानले जनाएको छ । 

    उक्त ग‍ोष्ठीको समुद्घाटन  प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले गर्नुभएको थियोे ।

उक्त कार्यपत्र प्रस्तुत प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य डा.विष्णुकुमार सिञ्जालीले गर्नुभएको थियो ।यस कार्यपत्रमा नेपाली समाजमा मगर भाषा र यसको महत्त्व ,मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोगको अवस्था,जन्म संस्कार ,छेवर तथा गुन्यूचोलो संस्कार,विवाह संस्कार ,मृत्यु संस्कार,मगर भाषाका कर्मकाण्डीय पुस्तक,पुजाआजा,मगरका  थान ,मन्दिर,चाडवाड ,नातापाता,खानाका परिकार ,नाचगान,मगर संस्था,मगर दर्शन,विस्थापन र  संस्कारमा मगर भाषाको प्रयोगका बारेमा चर्चा गरिएको थियोे ।

यस अवसरमा सदस्य  सचिव डा.  सुवेदीले प्रत्येक जातजातिको मातृभाषा,संस्कृति र संस्कारका विषयमा सम्बन्धित पक्षसँग रहेर अनुसन्धान र बहसलाई प्रतिष्ठानले अघि बढाउँदै जाने कुरामा जोड दिनुभएको थियोे ।

यसैगरी कार्यक्रमका सभाध्यक्ष ,प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा भाषा ९मातृभाषा कोश र व्याकरण० विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिब)ले स्वागत मनतव्यका क्रममा संस्कार, संस्कृति, शिक्षा, स्वास्थ्य, धर्म, व्यवहारमा मगर भाषाको प्रयोग कसरी भइरहेको छ र भाषा बोल्नमा किन ह्रास आइरहेको छ भन्ने कारण खोज्ने प्रयत्न कार्यपत्रले गरेको छ ।साथै  उक्त भाषाका उपलब्धि, समस्या र समस्याका समाधानका उपायहरूका बारेमा सम्बन्धित निकायहरूसँग छलफल गर्ने पनि जानकारी गराउनुभएको थियो।

 यसैगरी कार्यक्रमका विशिष्ट अतिथि तथा  संस्कृतिविद् प्रा।डा। प्रेमकुमार खत्रीले  प्रत्येक भाषा,संस्कृति र संस्कारको उत्खनन् र संरक्षण आफैँले गर्नुपर्छ ।त्यसले मात्रै भाषा र संस्कृति बाँच्छु भन्नुभएको थियोे।

यसैक्रममा भाषाविद् पूर्ण रानाले उक्त  कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियोे ।यस्तै सहभागीका तर्फबाट सुरेन्द्र थापा,डा।लालबहादुर पुन मगर ,नरकुमारी घर्तीमगर ,हेमबहादुर पुलामी मगर ,माया रोका मगर,उत्तमनारायण मल्ल  र सञ्जोग लाफा मगर लगायतले आआफ्नो धारणा राख्नुभएको थियोे ।यस कार्यक्रमको धन्यवाद  सुमा श्रेष्ठ र  कार्यक्रमको सञ्चालन मनोरमा शर्माले गर्नुभएको थियोे ।